सैघाली खबर
दाङ १ साउन दाङमा च्याउको तरकारी खाँदा पाँच जना विरामी परेका छन् । शान्तिनगर गाउँपालिका ७ कुमलगडीका दुई परिवारका पाँच जना गम्भिर विरामी भएका हुन् ।
कुमलगडीका राकेश बोहरा, बोहाराकी आमा र श्रीमती यस्तै सुरेश भण्डारी र भण्डारीकी आमा विरामी हुनुभएको हो ।हात्तीखाल सामुदायिक बनबाट ल्याएको विषालु च्याउ ल्याएर खाएका बोहरा र भण्डारीका परिवारका सदस्यहरु विरामी परेको गोविन्द जिसीले जानकारी दिनुभएको छ । विरामीहरुको शिक्षण अस्पताल कोहलुरमा उपचार भइरहेको छ ।
थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।