निरु पाल धम्की प्रकरण – तीन सातासम्म अनुसन्धान अपुरो



काठमाडौं, ८ भदौ । १५ साउन साँझ ८ बजे नयाँ बानेश्वरको थापागाउँस्थित गल्लीमा सांसद निरुदेवी पाललाई एक अपरिचितले पेस्तोल ताकेर ज्यान मार्न धम्की दिएको खबर सार्वजनिक भयो ।

तेस्रो दिन महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रामदत्त जोशीको संयोजकत्वमा छानबिन टोली पनि गठन भयो ।

छानबिनको २० दिन बितिसक्दा पनि समितिले कुनै तथ्य सार्वजनिक गर्न सकेको छैन । प्रहरीको अनुसन्धान अपुरो हुँदा घटना नै वास्तविक होइन कि भन्ने सन्देह पैदा भएको छ ।

र, घटना वास्तविक नै हो भने र सार्वभौम संसद्को सदस्य तथा सत्तारुढ दलको नेतालाई राजधानीमै कसैले कन्चटमा पेस्तोल ताक्छ र दोषी पक्राउ पर्दैन भने सर्वसाधारणको सुरक्षा पक्कै पनि संकटमा छ ।

नियन्त्रणमा लिइएका आरोपीबाट थप अनुसन्धानको साटो नक्कली मुठभेडबाट अनुसन्धान समाप्त

२० साउनमा काँडाघारीबाट ११ वर्षीय निशान खड्का अपहरणमा परे । २१ साउन बिहान ११ बजे उनको शव मध्यपुर ठिमी–७ बगदेश्वरस्थित एउटा बन्दै गरेको घरको पछाडि खाडलमा पुरिएको अवस्थामा भेटियो ।

अपहरणमा संलग्न गोपाल तामाङ र अजय तामाङको दिउँसो १ बजे भक्तपुरको पाइलट बाबा जंगलमा इन्काउन्टरमा मारिएको प्रहरीको विज्ञप्ति आयो । तर, स्थानीयले त्यसमाथि विश्वास गरेनन् ।

स्थानीयबासीहरूका अनुसार बिहान ११ बजे प्रहरीले अपहरणमा संलग्न गोपाल र अजयलाई डेराबाटै पक्राउ गरेर लगेको थियो । उनीहरूकै बयानका आधारमा बालक निशानको शव फेला पारेको थियो ।

तर, दुई घन्टापछि घटनास्थलभन्दा ११ किलोमिटर पूर्व पाइलटबाबा जंगलमा उनीहरू मुठभेडमा मारिएको प्रहरीले सार्वजनिक ग(यो । नियन्त्रणमा लिइसकेका अपहरणकारीसँग प्रहरीको कसरी मुठभेड भयो रु अपहरणकारीहरू पेसाले पेन्टर हुन्, पेसेबर अपराधी होइनन् । निशानको हत्या गरिसकेपछि पनि नजिकैको डेरामा आएर सुते ।नयाँ पत्रिका 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्