वडा नं. १४ मा दुई सय पुष्पका विरुवा रोपियो



दाङ,८ भदौ । घोराही उप–महानगरपालिका वडा नं. १४ सिदार्थनगर टोलमा पुष्पका विरुवा रोपिएको छ । सिदार्थ नगर टोल विकासको संस्थामा पहलमा उक्त विरुवा रोपिएको हो । घोराही उप–महानगरपालिकाका उप–मेयर सिता न्यौपाने र वडा नं. १४ का अध्यक्ष शक्तिराम डाँगीले पारिजातको विरुवा रोपी पुष्प विरुवा रोपणको औपचारिक उद्घाटन गर्नु भएको थियो ।

 

त्यस अबसरमा पारिजात, चमेली,कामीनी चम्पा,हेवी स्कट ईन्द्रकमल, चम्फा चमेली र वेलीको गरी करिव दुई सय पुष्प विरुवा रोपिएको हो । त्यस अबसरमा बोल्दै उप –मेयर सिता न्यौपानेले बजारको सुन्दरतालाई कायम राख्ने वताउँनुभयो । विरुवा रोप्नु भन्दा बजाउँने काम प्रमुख भएको वताउँदै टोलवासीलाई त्यसको संरक्षण गर्न आग्रह गर्नुभयो । यस्तै विशष्टि अतिथी वडा नं. १४ का अध्यक्ष शक्तिराम डाँगीले उप–महानगरपालिकाले थालेको हरित नगर निर्माणका लागि सहयोग पु¥र्याउने वताउँनुभयो । सिदार्थ नगरटोल विकास संस्थाका अध्यक्ष जिवी चिन्तनको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्