पश्चिम नेपालमा सिम टीभीका ग्राहक २० हजार



पाण्डव शर्मा
दाङ १ वैशाष । डिजिटल प्रविधिबाट टेलिभिज र इण्टरनेटको सेवा दिइरहेको सिम टीभीले पश्चिम नेपालमा २० हजार ग्राहक बनाएको छ ।

नेपालभर करीब २ लाख ग्राहक बनाएको सिमटीभीले १ वर्षको अवधिमा पश्चिम नेपालमा २० हजार ग्राहक बनाएको हो । मध्यपश्चिम, सुदूरपश्चिम र पश्चिमाञ्चालको लुम्बिनी अञ्चलको आधिकारिक विक्रकेता ट्र्यागन ट्रेडर्स एण्ड सप्लायर्सका सञ्चालक वलिभद्र रानाका अनुसार कम्पनीले नेपालमै पहिलोपटक उच्च डिजिटल प्रविधिको सेवा शुरू गरेको छ । सिम टीभीमार्फत अहिले टेलिभिजन हेर्न सकिन्छ । केही समयभित्रै इण्टरनेटको सेवासमेत शुरू गरिने रानाले बताए । ‘आगामी २ वर्षभित्र पश्चिम नेपालका सबै शहरमा सेवा शुरू गरिसक्ने छौं,’ उनले भने, ‘आगामी साउनदेखि कम्पनीले देशभर इण्टरनेट सेवा उपलब्ध गराउनेछ ।’ अहिले पश्चिम नेपालका भैरहवा, नवलपरासी र दाङमा सेवा शुरू भएको छ । केही समयभित्रै नेपालगञ्ज, कोहलपुर र धनगढीबाट समेत सेवा प्रारम्भ गरिने रानाले बताए । यसका लागि अप्टिकल फाइवरको काम भइरहेको उनको भनाइ छ ।

अप्टिकल फाइवरमार्फत सेवा उपलब्ध भए पनि ग्राहकले अप्टिकल फाइवरबाट घरसमम तार जडान गर्नुपर्नेछ । अन्य सेवा प्रदायको तुलनामा सिमटीभीले सस्तो मूल्यमा गुणस्तरीय सेवा उपलब्ध गराएको रानाले दाबी गरे । कम्पनीले सिम टीभी जडानका लागि सेटअप बक्स निःशुल्क उपलब्ध गराउँछ । ५ सय रुपैयाँ जडान शुल्क र अप्टिकल फाइवर भएको ठाउँदेखि आफ्नो घरसम्म पुर्‍याउने तार ग्राहक आफैले किन्नुपर्छ । टेलिभिज हेरेबापत ग्राहकले प्रतिमहीना ३ सय ५०  रुपैयाँ शुल्क बुझाउनुपर्छ । इण्टरनेट सेवा शुरू भएपछि इण्टरनेटका ग्राहकले थप १ हजार रुपैयाँ बुझाउनुपर्ने रानाले बताए ।

नेपाल सरकार र अन्तरराष्ट्रिय टेलिकम युनिटबीच सन् २०१७ भर देशभर डिजिटल प्रविधिबाट केबल सेवा उपलब्ध गराउने सम्झौता भएको छ । यो सम्झौताअनुसार सबै केबल कम्पनीले आफ्नो सेवा डिजिटल प्रविधिमा लैजानुपर्ने सिम टीभीका आईटी हेड दिनेशकुमार दनुवारले बताए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्