कांग्रेस केन्द्रीय समिति बैठक सुरु



महासमिति बैठकको मिति र स्थान तय गर्न नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक पार्टी कार्यालय सानेपामा सुरु भएको छ। शनिबार अपरान्ह ४:१५ बजे सुरु भएको बैठकमा महासमिति बैठक कहिले र कहाँ गर्ने भन्नेबारे छलफल भइराखेको छ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले महासमिति बैठकबारे केन्द्रीय समिति बैठकमा छलफल भइरहेको जानकारी दिए। वैशाख १६ गते सकिएको केन्द्रीय कार्यसमिति बैठकले भदौमा महासमिति बैठक गर्ने निर्णय गरेको थियो। कांग्रेसले बनाएको विधान मस्यौदा समितिमा जिल्ला सभापति राख्ने/नराख्ने बिबादले शुक्रबार डाकिएको बैठक स्थगित गरी शनिबार बैठक बसेको हो।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्