रेशम चौधरी र प्रकाण्डलाई राजनीतिक व्यवहार गरियोस् -बाबुराम भट्टराई



नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईले जेलमा रहेका कैलाली १ बाट निर्वाचित रेशम चौधरी र नेकपाका प्रवक्ता खड्कबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई राजनीतिक रूपमा व्यवहार गर्न सरकारसँग आग्रह गरेका छन्।

प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले सो कुरा आग्रह गरेका हुन्।

‘अदालतले प्रकाण्डलाई छोड्ने फेरि पटक/ पटक मुद्दा लगाएर सरकारले समात्ने गर्दा पञ्चायतकालको हस्को आयो’,बैठकमा बोल्दै उनले भने,‘हामी सबैले पञ्चायत कालको व्यवहार सामना गर्दै आइसकेकोले त्यस्तो व्यवहार गर्नुहुँदैन। राजनीतिक ढंगले उनलाई व्यवहार गरिनुपर्छ।’

त्यस्तै, उनले कैलाली १ बाट निर्वाचित भएका रेशम चौधरीलाई सदनमा सपथ ग्रहण गराउन नसक्नु दुर्भाग्यपूर्ण कुरा भएको बताएका छन्। साथै, उनले चौधरीलाई सपथ ग्रहण गर्ने व्यवस्था मिलाउन सरकारसँग माग गरे।

‘रेशम चौधरी जो कैलाली १ बाट निर्वाचित भएर आउनुभयो। उहाँलाई यस सदनमा सपथ ग्रहण गराउन नसक्नु त्यो अत्यन्त दुर्भाग्यपूर्ण भएको छ।

टीकापुरको घटना दु:खद थियो व्यक्तिहरूको हत्या हुनु त्यो दु:खद परिघटना थियो’, उनले भने,‘हामी सबैले त्यसको निन्दा गरेका छौं। तर, अहिले रेशम चौधरीलाई मात्र पहिला नै कुनै मुद्दा नै नचलाइकन त्यतिकै अपराधी करार गरेर उनलाई यहाँ सपथ ग्रहण गर्न नदिनु उपयुक्त हुँदैन। त्यसैले रेशम चौधरीलाई राजनीतिक रूपमा व्यवहार गरेर उहाँलाई सपथ ग्रहण गर्ने व्यवस्था गरियोस्।’

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्