दाङमा ३६ हजार हेक्टरमा धान रोपाई



 

दाङ ११ भदौ । दाङमा ३५ हजार हेक्टर क्षेत्रफलमा रोपाई भएको छ । जिल्ला कृषि बिकास कार्यालय दाङका योजना अधिकृत तिलक केसीका अनुसार यस बर्ष ९७.५ प्रतिशत रोपाई भएको छ ।

गत बर्ष दाङमा ३६ हजार ४ सय १० हेक्टर क्षेत्रफलमा धान खेती भएको थियो । बर्षेनी दाङमा खेतीयोग्य जमिन घट्दै गएको छ । दाङको कूल क्षेत्रफल २ लाख ९५ हजार ५ सय हेक्टर मध्य ६९ हजार ९ सय ५० हेक्टरमा खेतियोग्य जमिन हो ।

यस बर्ष धान उत्पादन पनि घट्ने सम्भावना रहेको बालि बिज्ञ पिताम्बर बस्नेतले बताए । गत बर्ष दाङमा एक लाख ६८ हजार सात सय ७७ मेट्रिकटन धान उत्पादन भएको थियो ।

यो अघिल्लो आर्थिक बर्षको तुलनामा तीन प्रतिसतले बढि हो । अघिल्लो आर्थिक बर्षमा एक लाख ६७ हजार छ सय आठ मे ट्रिकटन धान उत्पादन भएको  जिल्ला कृषि बिकास कार्यालय दाङको तथ्याङ्कमा छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्