प्रहरीका ३५ डिएसपीको एसपीमा बढुवा, कस-कस्को आयो त नाम



सैघाली खबर,काठमाण्डु, २ साउन–

नेपाल प्रहरीका ३५ नायब प्रहरी उपरीक्षक ९डिएसपी० लाई प्रहरी उपरीक्षक ९एसपी० मा बढुवा सिफारिस भएका छन ।

बढुवा सिफारिस समितिको बैठकले आइतबार राति १ बजे बढुवा सूची सार्वजनिक गरीसकृेको छ । बढुवा सिफारिसका लागि प्रहरी महानिरीक्षकको सरकारी निवासमा अपराह्न ३ बजे सुरु भएको समितिको बैठक राति १ बजे सकिएको थियो ।

डिएसपीबाट एसपीमा बढुवा सिफारिस हुनेमा पहिलो नम्बरमा सिद्दीविक्रम शाह रहेका छन् । यस्तै सुशीलसिंह राठौर, माधवप्रसाद श्रेष्ठ, डम्बर बिक, गणेश चन्द, उमा चतुर्बेदी,ओम राना, सुरेन्द्र गुरुङ, हिमालय श्रेष्ठ, बिमल बस्नेत, राजन अधिकारी, र्इश्वर कार्की, केदार रजौरे, मनोज केसी, रेवती ढकाल र दानबहादुर कार्की रहेका छन ।

त्यसैगरी दिनेश आचार्य, अरुण पौडेल, राजेन्द्रप्रसाद भट्ट, मनोज यादव, किशनसिंह थापा, गोविन्द थपलिया, रविराज खड्का, सुदर्शन कोइराला, विनोद घिमिरे, जीवन श्रेष्ठ, दीपक रेग्मी, दीपक बस्नेत, जयराज सापकोटा, शारदा चौधरी, लोकेन्द्र श्रेष्ठ, दिपेन्द्र जिसी, रामेश्वर यादव, दिलिपसिंह देउवा र सन्जिव शर्मा दाससमेत एसपी बढुवाका लागी सिफारिसमा परेका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्