“अटो तथा टेम्पोको भाडादर कायम भएको छैन”– तिलक बिक



बिष्णुकुमार देवकोटा
दाङ भदौ १२

दाङ जिल्लामा संचालित अटो तथा टेम्पोहरुको भडादर हाल सम्म कायम नभएको खुलासा भएको छ । लालीगुराँस टेम्पो प्रालि का अध्यक्ष तथा यातायात व्यवस्थापन उपसमितिका समेत प्रतिनिधिरहनुभएका तिलक बिकले सैघाली खअबर संग प्रत्यक्ष कुराकानी गर्दे यस्तो खुलासा गर्नुभएको हो ।


तर अटो तथा ट्याम्पो व्यवसायीहरुले घोराही क्षेत्रमा बैज्ञानिक भाडादर कायम गन भने सहमती जनाएका छन् ।
केहि हप्ता अघि बसेको यातायात व्यवस्थापन समितिले प्रत्येक २ किमि मा प्रतिव्यक्ति रु.२० र थप एक किमि बापत रु.१० लाग्ने गरी घोराही मा संचालनमा रहेका अटो तथा ट्याम्पो हरुको भाडादर निर्धारण गरेको थियो । तर लगत्तै अटो तथा ट्याम्पो व्यवसायीहरुले बिज्ञप्ति जारी गर्दे सो भाडादर आफुहरुलाई मान्य नभएको भन्दै नयाँ भाडादर आफु खुसी तोकेका थिए ।
“हामि सेवा दिन तयार छौं , तर बैज्ञानिक भाडादर कायम हुनु पर्छ” बिकले भन्नु भयो ।

“व्यवसायी र यात्रु दुवैको उच्चतम हित र सेवा लाई ध्यानमा राखि भाडादर कायम हुनुपर्छ ” बिकले भन्नुभयो ।
टेम्पो तथा अटो व्यवसायीहरुको माग लाई सम्बोृधन सम्बन्धित निकायहरुले गर्नुपर्ने बिकको भनाई छ । “ घोराही उपमहानगरपालिका संगको समन्वयमा एक प्रकारको सहमति भएको छ , र प्रारम्भिक भाडादरको बिषयमा सहमती भएको छ ” बिकले भन्नु भयो ।
लाइसेन्स समयमा नखुल्नु, ट्रापिक प्रहरीको लाइसेन्स नभएपछिको कार्वाहि तथा आवस्यक अनुगमन र तालिम नहुँदा अटो तथा टेम्पो व्यवसायीहरुले समस्या भोग्नुपरेको बिकाको दावी छ ।

(बिक संग गरिएको कुराकानी हेर्न सैघाली अनलाइन टिभीमा हेर्न सकिन्छ)

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्