केन्द्रिय पार्षद देवकोटा द्धारा प्रेस युनियनको नेतृत्वमा दावि



सैघाली खबर
दाङ भदौ १२
आसन्न नेपाल प्रेस युनियन दाङ साखाको सभापति पदमा संचारकर्मी बिष्णुकुमार देवकोटाले दावि पेश गर्नुभएको छ ।
२०५७ सालदेखी अनवरतरुपमा संचारक्षेत्रमा कृयासील देवकोटा प्रेस युनियनका केन्द्रि पार्षद् हुन् ।

रेडियो पठशाला नेपाल १०४ मेगाहर्जको सेयर सदस्य तथा पुर्व सह सम्पादक, दाङ एक्सप्रेस राष्ट्रिय साप्ताहिकका प्रकासक तथा सम्पादक समेत रहिसक्नुभएका देवकोटा हाल राष्ट्रिय अनलाइन पत्रकार संघ को प्रादेशिक समिति प्रदेश नं ५ को सचिव समेत हुनुुहन्छ ।
निडर तथा खोज अनुसन्धानमूलक पत्रकारीता गरीरहनुभएका देवकोटा हाल सैघाली खबर डटकम संग आबद्ध हुनुहुन्छ ।
विभिन्न संघ संस्थाहरुमा समेत संलग्न देवकोटा जिल्ला युवा संजाल दाङको संस्थापक अध्यक्ष समेत हुनुहुन्छ ।

गाँउघर सात दिनेबाट अनौपचारीकरुपमा पत्रकारीता सुरुगर्नुभएका देवकोटा लामो समय सम्म रेडियो इन्द्रेणी एफ.एफ. ९२.४ मेगाहर्ज मा काम गर्नुभएको थियो । हाल देशभरका दर्जन बढि अनलाइन नेटवर्क संग सम्बद्ध देवकोटा स्थानीय टेलिभिजन सिएनमा समेत कार्यअनुभव भएका व्यक्ति हुनुहुन्छ । देवकोटालाई नजिकबाट चिन्नेहरुले प्रेस युनियनको सहि नेतृत्व प्रदान गर्न देवकोटाको नेतृत्व आवस्यक रहेको बताउँछन् ।

 

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्