“ उपभोक्तालाई सुद्ध पिउनेपानी उपलब्ध गराईरहेका छौं”–श्रवण रजौरे (with video)



बिष्णुकुमार देवकोटा
दाङ भदौ १३
नारायणपुर खानेपानी तथा सरसफाई उपभोक्ता समिति का अध्यक्ष कूल प्रसाद रजौरे (श्रवण)ले उपभोक्ताहरुलाई मुहान देखि मुख सम्म सुद्ध पिउनेपानी व्यवस्था गरेको दावी गर्नुभएको छ ।


“एउटा मुहान र ३ वटा डिप बोरिङ्ग को ट्रिटमेन्ट सहित पर्याप्त मात्रामा उपलब्ध गराईएको छ ” सैघाली खबर डटकम तथा सैघाली अनलाइन टिभी संग कुराकानी गर्दे रजौरेले यस्तो दावि गर्नुभएको हो ।
“पानिको सुद्धता, पर्याप्तता, दीर्घकालिन निती बनाई करीब ५० बर्षका लागि पानी उपलब्ध गराउन संस्था सक्षम छ ” रजौरेले भन्नु भयो ।
कलकारखाना तथा उद्योगधन्धन एवं सिमेन्ट उद्योगको कच्चा पदार्थ उत्खनन्का कारण खानेपानीका मुहानहरु सुक्न थालेको भनदै राज्यले बैकल्पिक व्यवस्थागर्न रजौरेले तिन तहकै सरकारसंग माग गर्नुभयो ।
संस्थाले करीब ३ हजार घरधुरीहरुलाई यहि असोज महिना बाट पानि खुवाउन सुरुगर्ने जनाएको छ ।
सहलगानी अन्तर्गत करीब १५ करोडको लगानीमा ओभरहेड ट्याँकि, पापइप लाइनको बिस्तारको काम अन्तिम चरणमा पुगेको रजौरेले जानकारी दिनुभयो भने अन्य २ वटा योजनाहरु सुचारु भएको जानकारी दिनुभयो ।
भिडियो हेर्नुहोस

 

 

 

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्