दाङमा दुईलाख मे.टन खाद्यान्न उत्पादन– जिल्लामा परनिर्भरता भने कायम



दाङ,१३ भदौ ।  आर्थिक वर्ष २०७४?/७५मा साढे दुइ लाख मेट्रिक टन खाद्यान्न उत्पादन भएको छ । जिल्ला कृषि विकास कार्यालयले दिएको जानकारी अनुसार दाङमा गत बर्ष विभिन्न प्रकारका खाद्यान्न वाली दुइ लाख ४९ हजार ६ सय १७ मेट्रिक टन उत्पादन भएको हो । जसमा सबैभन्दा धेरै धान उत्पादन भएको छ । वितेको वर्ष दाङमा ३७ हजार ७ सय १० हेक्टर जमिनमा गरिएको धान खेतीबाट १ लाख ६१ हजार पाँच सय ९५ मेट्रिक टन धान उत्पादन भएको थियो ।

यस्तै मक्कै २६ हजार ३ सय मेट्रिक टन, २६ हजार ३ सय मेट्रिकटन गहुँ, २० हजार एक सय ३० तोरी उत्पादन भएको थियो । त्यस्तै अन्य दलहन खाद्य वालीहरु चना बार्षिक रुपमा ३ सय २८ मेट्रिक टन, भटमास ३४ हजार मेट्रिक टन, गहत १३ मेट्रिक टन, राजमा एक सय १२ मेट्रिकटन, मुग ११ मेट्रिक टन, सिलटुङग ५ मेट्रिकटन, सिमी २ सय मेट्रिकटन, बोडि १ सय ६७ मेट्रिकटन, मस्याङ ५ मेट्रिकटन, रायो ५५ मेट्रिकटन, तिल ७ मेट्रिकटन उत्पादन भैरहेको छ । त्यस्तै दाङका पहाडी इलाकामा कोदो, जौ र फापर पनि उत्पादन हुने गरेको जिल्ला कृषि विकास कार्यालयको तथ्याङकमा उल्लेख गरिएको छ ।

जसमा गत वर्ष कोदो १५ मेट्रिकटन, जौ ५० मेट्रिकटन, भुपेन्द्र वली दाङमा दुईलाख मे.टन खाद्यान्न उत्पादन फापर २० मेट्रिकटन बार्षिक रुपमा उत्पादन भएको थियो । परनिर्भरताको अवस्था भने उस्तै उत्पादनमा बृद्धि भएपनि दाङ खाद्यान्नमा आत्मनिर्भर बन्न सकेको छैन । जिल्लामा उत्पादन हुने मकैलाई खानको लागि भन्दा पनि पोलेर विक्री गरिने वा कुखुराको दाना बनाउनको लागि बढी प्रयोग गरिने गरिएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्र्तगत दाङको देउखुरीमा मकैको सुपरजोन समेत संचालनमा छ । एकहजार भन्दा धेरै हेक्टर जमिनमा एकैपटक गरिने खेतीलाई सुपर जोन भनिन्छ । दाङमा मकैको सुपर जोन संचालनमा आएपनि कुखुराको दाना उत्पादनका लागि प्रयोग गरिने मकै भने जिल्ला बाहिर वा भारतबाट आयात गरिरहनु परेको छ । मानिसको दैनिक भान्सामा अनिवार्य प्रयोग हुने तोरी अहिले भारत र जिल्ला बाहिरबाट आयात भइरहेको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत दिपककुमार शर्मा बताउँछन् ।

उनका अनुसार जिल्लालाई तोरीमा आत्मनिर्भर बनाउनको लागि अहिले दाङका पश्चिम क्षेत्र, दंगीशरण, शान्तिनगर र बबई गाउँपालिकालाई तोरी जोनको कार्यक्रम संचालन गर्ने योजना अगाडी सारिएको छ । यस्तै धान पनि भारत र जिल्ला बाहिरबाट दाङमा आयात गर्नु परेको शर्माले जानकारी दिए । बार्षिक ४ प्रतिशत खेतियोग्य जमिन घट्दै जिल्ला कृषि विकास कार्यालय दाङका अनुसार बर्षेनी ४ प्रतिशतका दरले खेतीयोग्य जमिन मासिदै गएको छ । बर्षेनी सिंचाई अभाव, प्लटिङ लगायतका कारणले खेतीयोग्य जमिन मासिदै जान थालेको हो । दाङको कूल क्षेत्रफल २ लाख ९५ हजार ५ सय हेक्टर मध्य ६९ हजार ९ सय ५० हेक्टरमा खेतियोग्य जमिन हो । जिल्ला कृषि विकास कार्यालयका अनुसार २०७० सालमा ३८ हजार ४ सय ३० हेक्टर जमिनमा धान खेती भएको थियो ।

तर २०७२ सालमा घटेर ३६ हजार ५ सय हेक्टरमा आएको कार्यालयले जनाएको छ । २ बर्षमा १ हजार ९ सय ३० हेक्टर जमिनमा खेती नहुँदा उत्पादनमा समेत ह्रास आएको थियो । यस्तै २०७४ सालमा ३६ हजार ४ सय १० हेक्टर क्षेत्रफलमा धान खेती भएको छ । घर,घडेरीका लागि प्लटिङ, खेती गर्नेहरु विदेश पलायन र बाँझो राख्ने प्रवृति बढ्दै जादा खेतियोग्य जमिन घट्दै गएको छ । जसको फलस्वरुप कृषि उत्पादनमा पनि गिरावट आएको छ । जलवायू परिवर्तनले पनि त्यस्तै प्रभाब पारेको जिल्ला कृषि बिकास कार्यालयका योजना अधिकृत तिलक केसीले बताए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्