प्राकृति सम्पदाको बिनासले वातावरणमा प्रदुषण बढ्यो – सभामुख घर्ती



दाङ १४ भदौ । ५ नं. प्रदेशका सभामुख पूर्ण घर्तीले प्रकृतिको बिनासले वातावरण प्रदृषण बढेको वताउँनु भएको छ । दशौ अन्र्तराष्ट्रिय गिद्ध संरक्षण दिवसका अबसरमा चरिङगे दहमा आयोजित कार्यक्रममा बोल्दै सभामुख घर्तीले यस्तो बताउँनु भएको हो ।कार्यक्रमका प्रमख अतिथि समेत रहनु भएका सभामुख घर्तीले बढ्दो बिषादी प्रयोगले मानव जीवनमा क्षति समेत प¥र्याएको वताउँनुभयो प्रकृतिको कुचीकारका रुपमा रहेको गिद्ध समेत लोपहुने अबस्थामा पुगेको वताउँनुभयो ।विषादी बढ्दो प्रयोगले मानव स्वास्थ्य प्रतिकुल असर समेत पारेको बताउँनुभयो ।

 

आधुनिक खेतीका नाममा बढ्दो विषादी प्रयोगले जमिन, जल र जंगल दुषित बनेको बताउँनुभयो ।त्यसअबसरमा बोल्दै प्रदेशसभा सदस्य अमरबहादुर डाँगीले सुविधामुखी जीवनशैलीले हरेक व्यक्तिलाई बिलासी बनाउँदै लगेको उहाँले बताउनुभयो ।जसले गर्दा नै मान्छे रोगी र प्रकृति प्रदुषित बनाउदै लगेको उहाँले बताउनुभयो । त्यस्तै नेकपाका केन्द्रीय सदस्य निर्मल आचार्यले कृषि उत्पादनलाई व्यवस्थित र बजारीकरण गर्न निकै आवश्यक रहेको बताउनुभयो । हाल जिल्लामा दुई गिद्ध संरक्षण केन्द्र सञ्चालन गरी लोपन्मुख दुई प्रजातीका डङगर र सानो खैरो गिद्ध संरक्षणका प्रयास थालनी गरिएको उहाँले बताउनुभयो । जसले प्रकृतिको संरक्षण र सरुवा रोगवाट बचावट गर्न सकिएको उहाँको भनाई छ ।

कार्यक्रम पर्यावरणीय दिगो विकास अनुसन्धान केन्द्र दाङका अध्यक्ष डिल्ली बहादुर रावतको अध्यक्षमा सम्पन्न भएको थियो ।केन्द्रकी सचिव मेनका शर्माको स्वागत मन्तव्य वाट सुरु भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङका सचिव भुपेन्द्र लगायतकाले भनाई राख्नुभएको थियो । भने कार्यक्रमको सहजीकरण उपाध्यक्ष देवराज विश्वकर्माले गर्नुभएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्