विश्वविद्यालयमा तालाबन्दी



दाङ,१४ भदौ । नेपाल संस्कृत विश्वविद्यालयमा तालाबन्दी गरिएको छ । विश्व विद्यालयको राष्ट्रिय साँस्कृतिक अध्ययन तथा अनुसन्धान केन्द्र दाङमै स्थानान्तरण गर्न माग राख्दै विद्यार्थी संगठनले बिहिवार ताला बन्दी गरेका हुन । सरकारले साँस्कृतिक अध्ययन तथा अनुसन्धान केन्द्र दाङमा स्थानान्तरण गर्न पटक / पटक उपकुलपतीलाई आग्रह गर्दा समेत नमानेको भन्दै तालाबन्दी गरेको अखिल क्रन्तिकारी दाङका अध्यक्ष जंगरोकाले जानकारी दिनुभयो ।

अनेरास्ववियुका जिल्ला अध्यक्ष बिरबल खड्का, अखिल क्रान्तिकारी दाङका अध्यक्ष जंग रोका र अखिल (क्रान्तीकारी)जिल्ला अध्यक्ष प्रितिमा चौधरीले संयुक्त रुपमा तालाला बन्दी गर्नु भएको हो । केन्द्रीय विश्वविद्यालयको दुई केन्द्र व्यक्तिगत स्वार्थका कारण वर्षाैदेखी काठमाण्डौमा सञ्चालन गदै आएको भन्दै यी कार्यालय तत्काल दाङ सार्न समेत माग गरिएको छ विज्ञप्तीमा भनिएको छ ।सरकारले तत्काल आयोगले गैर कानुनी रुपमा गरेको कर्मचारी नियुक्तीलाई बैधानिकता बनाउने काम उपकुलपतिले गरेको आरोप समेत लगाएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्