पुस्तकालय दिवस–पठन संस्कृति हराउँदै



दाङ, १५ भदौ । बुझ्ने पढ्ने र ज्ञानआर्जन गर्ने कुरा आफनो बौद्धिक चेतनालाई माथि उठाउने मात्र नभई गतिसिल विज्ञानलाई पकड्ने पनि हो । जसको क्रियाबाट समाजलाई सही दृष्टिकोण दिएर अघि बढाउन सकियोस् । तर यहि ज्ञान, विवेक र बौद्धिकता बढाउने अध्ययन संस्कृतिनै हराउँदै जान थालेपछि समाजले कुन गति पकड्ला ? हिजो इतिहासदेखि समाजशास्त्र हँुदै राजनीति र दर्शनको गहिरो अध्ययन गर्ने पुस्ताले कितावनै पढ्न छाडेको छ भन्दा अनयुतm नहोला । आज न हिजोकाले पुस्तक पल्टाउँछन न आजकाले ज्ञानलाई फराकिलो पार्ने गरी पुस्तक पढ्ने रुची बढाउछन् । समाजलाई विचार र दृष्टिकोण दिने नेताहरुनै आफनो पुस्तकालयलाई बाकसमा थनक्याई सुविधा भोगको ओछ्यानमा निदाउन थालेपछि अरुमा झन पढ्ने आदत कसरी जागीराखोस् । हिजो किताव नपढ्ने व्यतिm कम्युनिष्ट बन्न सक्दैन भन्ने नेताहरुन आज कितावदेखि टाढा बस्न थालेपछि नयाँ पुस्ता त झन प्रविधि र कोर्ष भन्दा बाहिरको रुची बढाउनैं चाहेको देखिदैन् । बढ्दो इन्टरनेटको प्रयोगले मान्छेमा गहिरासँग किताव अध्ययन गर्ने वानी क्रमशः हराउँदै गएको बताउनु हुन्छ जिल्लास्थित सबैभन्दा पुरानो सर्वोदय पुस्तकालयका अध्यक्ष सुशील गौतम ।

 

 

पुस्तकालयमा पढ्ने पुस्तकहरु प्रशस्त भएपनि पढ्नेहरुको संख्या भने निकै रहेको गौतम बताउनु हुन्छ । पहिलेको तुलनामा आफूमा समेत पढ्ने वानीमा धेरै कमि आएको स्वयं गौतम बताउनु हुन्छ । यसको कारण प्रष्ट्याउदै गौतम भन्नुहुन्छ– ‘मान्छेहरुमा अध्ययन गर्ने रुची घट्दै जानुमा किताव पढेर पनि के गर्ने भन्ने मानसिकताले काम गरेको छ’ । कम्युनिष्ट आन्दोलनको मूल्य,मान्यता र आर्दशमा स्खलन बढ्दै जानुको असर पनि पढ्न संस्कृतिमा परेको गौतमको भनाई छ ।कुनै बेला साहित्य,राजनीति र दर्शनका किताव किन्न घोराहीका गुप्ता स्टेशनरी र प्रगति पुस्तक पसलमा लाइन लाग्ने मान्छेहरुको भिड् आजभोलि सुन्य जस्तै देखिनु र सर्वोदय पुस्तकालय, जेसिज भवन पुस्तकालय, राप्ती साहित्य परिषद अनि पत्रकार महासंघ जस्ता संस्थाहरुमा न पुस्तक पढ्नेहरु भेट्टिन्छन न अध्ययनका विषयबस्तु बारे छलफल गर्ने मान्छेनै । यसैबाट बुभ्न सकिन्छ
कि अध्ययन बढाउने बौद्धिक तप्ताको संख्यामा निकै कमि आइरहेको छ ।

घरमै लाइव्रेरी राखेर किताव पढ्ने पुरानो पुस्ताको जमात केही संख्या भएपनि नयाँ त्यो संस्कृति नै बस्न सकेको छैन । यसबारे युवा पत्रकार भूपेन्द्र वली यसो भन्नुहुन्छ( ‘ आजको पुस्ता यति यान्त्रिक र व्यतिmवादी सोचले अघि बढिरहेको छ कि पैसा कमाउने सपना भन्दा बाहिर उसले अरु केही सोच्नै सक्दैन्’ । उत्तरआधुनिकतावादको प्रभाव यति बढ्दो छ कि मान्छे सतहमा भन्दा भित्र पस्नै चाहदैन् र स्वतः उसले गर्ने कार्यान्वयन र क्रियाकलापहरु सतहबाटै हुने गर्छन् । जसको प्रभाव समाजमा पर्छ । दृष्टिकोण, विचार,सोच, चिन्तन र सही र गलत छुट्याउन सक्ने चेतना निर्माणमा जुन हस आइरहेको छ, त्यो अध्ययनमा आइरहेको कमिले गर्दानै हो । यसबाट निर्माण हुने समाज भनेको अराजक अस्थिरता र विश्रृखलितता नै हो । अतः समाजका अगुवा, नेतृत्व वर्ग र बौद्धिक तप्कामा दृष्टिकोण निर्माणका लागि अध्ययन संस्कृतिलाई बढ्वा दिन आवश्यक छ र नयाँ पुस्तालाई पनि पुस्तक पढ्ने संस्कार सिकाउन आवश्यक छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्