तुलसीपुरमा मीनि मार्केट सञ्चालन



दाङ, १५ भदौ
तुलसीपुरमा मीनि मार्के सञ्चालनमा आएको छ । सीतलपुर चौक नजिकै २८ वटा सर्टरमा मीनि मार्केट सञ्चालनमा ल्याएको हो । तुलसीपुर मार्केट सञ्चालन आएपछि शहरीकरण हुनमा थप टेवा पुग्ने अपेक्षा गरिएको छ । २८ वटा सर्टर मध्ये ६ वटामा श्रृङगार ( कस्मेटीक ) पसल सञ्चालनमा रहेका ब्यबसायी सुवास डिसीले जानकारी दिनुभयो । श्रृङगार बाहेक फेन्सी,ईल्ट्रीक,नास्ता,जुत्ता,सिलाई लगायतका पसल सञ्चालनमा रहेका सञ्चालक सन्तोष गुप्ताले जानकारी दिनुभयो ।
१ं० बर्षमा लिईज(भाडा)मा जग्गा लिई सञ्चालनमा ल्याईएको उक्त मीनि मार्केटमा झण्डै ६० लाख बढी लगानी गरिएको गुप्ताले बताउनुभयो । तुलसीपुरमा अर्को मीनि मार्केट पनि सञ्चालनको तयारीमा छ । यसअघि सडक छेउमा अब्यबस्थीत रुपमा सञ्चालनमा आउने गरेका ब्यबसाय यस्ता मीनि मार्केट सञ्चालनमा आएपछि ब्यबस्थीत हुने अपेक्षा तुलसीपुृुर उद्योग बाणिज्य संघको छ । संघका निर्वतमान अध्यक्ष बिमल रिजालले मीनि मार्केले अब्यबस्थीत ब्यबसायलाई ब्यबस्थीत हुने दावी गर्नुभयो ।
मीनि मार्केटको ब्यबस्थापनका लागि तुलसीपुर उपमहानगरपालिकाले पनि सहयोग र समन्वय गर्नुपर्ने रिजालको जोड छ । तुलसीपुर मीनि मार्केटको उद्घाटन तुलसीपुर उद्योग बाणिज्य संघका उपाध्यक्ष रामप्रसाद चालिसेले गर्नुभएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्