“व्यवस्थापन संकाय मल्टिडिसिप्लेनरी बिषय हो , कमर्स पढ्नेहरु जीवनमा फेल हुँदैनन् ”— खडानन्द खनाल



बिष्णुकुमार देवकोटा
दाङ भदौ १५

व्यवस्थापन संकाय अहिलेको आकर्षणको बिषय बनेको लेक्चर खडानन्द खनालले बताउनुभएको छ ।
राप्तिकै जेठो क्याम्पस महेन्द्र बहुमुखी क्याम्पसका प्राध्यापक तथा मार्क कलेज घोराहीका आँशिक शिक्षक खनालले यस्तो दावी गर्नुभएको हो ।
आज खनालले सैघाली खबर डटकम तथा सैघाली अनलाइन टिभीसंगको शैक्षिक बहस कार्यक्रममा यस्तो दावी गर्नुभएको हो । “व्यवस्थापन संकाय मल्टिडिसिप्लेनरी बिषय हो , कमर्स पढ्नेहरु जीवनमा फेल हुँदैनन् ”— खडानन्द खनालले भन्नु भयो ।


व्यवस्थापन संकाय भित्रपनि धेरै बिषयहरु हुने भएकाले व्यवस्थापन बिषय सबैलाई आवस्यक पर्ने बताउनुभयो ।
“प्लस टू सकेपिछको गन्तव्य व्यक्तिगत लगानीमा व्यापार व्यवसाय गर्ने सोंच बनाएका हरु वा बैंक तथा वित्तिय संस्थाहरुमा जागीर खाने सोंच बनाएकाहरुको लागि सहि गन्तव्य हो” खनालले भन्नु भयो ।
सैघाली खबर संग कुराकानी गर्दे खनालले बिधर्थीहरुको रुचि अनुसार अभिभावकहरुले निर्णय समेत लिनुपर्ने बताउनुभयो ।
यसैगरी मार्क कलेज घोराहीका कोअर्डिनेटर तथा एकाउन्टेन्ट नौला बहादुर खड्का ले मार्क कलेज ले व्यवस्थापन संकायको गुणस्तरीय पढाईहने तथा सहजै बिद्यार्थीले प्रवेश पाउने बताउनुभयो ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्