१ सय ६६ व्यावसायी थपिए



दाङ, १५ भदौ । जिल्ला उद्योग वाणिज्य संघले आयोजना संचालन शिविर सकिएको छ । शिविर बुधवारवाट सुरु भए र शुक्रवार सकिएको हो । शिविरमा १ सय ६६ वटा नयाँ व्यवसाय दर्ता भएका छन् ।नयाँ दर्ता भएका मध्ये विगतका समयमा भन्दा यस वर्ष महिला व्यवासायीहरुको सङख्या बढेको दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नारायणप्रसाद भुसालले जानकारी दिनुभयो ।

पशु–पालन सम्वन्धि दर्ता गर्ने हरु बढेको भुसालको भनाइ छ ।शिविरमा ४ सय ४२ जनाले सेवा लिएका छन् । भने २ सय ७६ जनाले नविकरण गराएका छन् । शिविरमा आन्तरीक राजस्व कार्यालय, घोराही उप महानगरपालिका कार्यालय तथा दाङ उद्योग वाणिज्य संघ वाट प्रदान गरीने सेवा प्रदान गरीएको थियो ।व्यवसायीलाई सहजताको लागि कर शिविर आयोजना गरीएको उद्योग वाणिज्य संघका महासचिव नरेश कार्कीले जानकारी दिनुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्