गिद्ध संरक्षणका लागि रेष्टुरेन्ट



दाङ, १५ भदौ । दाङ गिद्धको संरक्षणका लागि रेष्टुरेन्ट संचालन गरिएको छ । विश्वमै लोपउन्मुख गिद्ध दाङमा थालिएको हो ।गिद्धको संरक्षणका दाङमा दुई वटा रेष्टुरेन्ट पनि सञ्चालनमा ल्याईएको छ । दाङको लालमटिया र बिजौरीको स्याला पानीमा उक्त रेष्टुरेन्ट सञ्चालित रहेको पर्यावरणीय एवं दिगो विकास एवं अनुसन्धान केन्द्रका अध्यक्ष डिल्लीबहादुर रावतले जानकारी दिनुभयो ।गिद्ध रेष्टुरेण्टमा वृद्ध पशुलाई आश्रम बनाएर पाल्ने उसको कालगतीले मृत्यु भएपछि गिद्धलाई दिनका लागि खोलिएको उनको भनाई छ । बाघ, बँदेल, हुँडार,भुस्याहा कुकुर मार्नका लागि मरेका सिनोमा बिषदीयुक्त पदार्थ राख्ने गरिन्छ । दाङमा पनि धेरै गिद्धहरु मर्ने गरेका थिए ।

तर अहिले त्यो अबस्था नरहेको उनले बताए । दाङलाई सन २०१० मा डाक्लोफेनेक मुक्त जिल्ला घोषणसमेत गरिएको उनले बताए । गिद्धले खासगरि असोज देखि असोजसम्म गुड बनाउने गर्छ ।  जिल्लामा डंगर, सानो खैरो, सोतो गिद्ध, हिमाली, सुनगिद्ध, राजगिद्ध, लामो ठँुडे गिद्ध, खैरो गिद्ध भेटिन्छ । डंगर, सानो खैरो, सुनगिद्ध, लामो ठँडेगिद्ध संसारमै लोपउन्मुख गिद्ध भएको नेपाल पंक्षी संरक्षण संघका परियोजना अधिकृत भुपाल नेपालीले बताउँनुभयो ।जिल्लामा सानो खैरो, डंगर, सेतो गिद्ध गरी तीन प्रजातिका गिद्धका करिब ७० वटा गुडहरु भेटिएका छन् । दाङको रामपुर, गोबरडिहा, कप्तानगञ्ज, पश्चिम शान्तिनगर, हापुरमा गिद्धका बस स्थानमा रहेको छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्