उपप्रधानमन्त्री पोखरेल लेवनान प्रस्थान



काठमाडौँ, १५ भदौ । उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल लेवनान र पोल्याडका विभिन्न औपचारिक कार्यक्रममा सहभागी हुन लेवनानतर्फ प्रस्थान गर्नुभएको छ ।

संयुक्त राष्ट्रसङ्घीय शान्ति मिसनअन्तर्गत लेवनानमा तैनाथ नेपाली शान्ति मिसनको निरीक्षण÷अवलोकन तथा पोल्याण्ड सरकारको औपचारिक निमन्त्रणामा उहाँ आज साँझ त्यसतर्फ प्रस्थान गर्नुभएको हो ।

उहाँले लेवनानमा शान्ति मिसनअन्तर्गत खटिएको नेपाली शान्ति सैनिकले बहन गर्दै आएको जिम्मेवारीबारे जानकारी लिनुहुनेछ । भ्रमणका क्रममा समकक्षी याकुब रियाद एल सर्राफसहित लेवनानका उच्च तहका पदाधिकारी तथा राजनीतिज्ञसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ ।
त्यसैगरी, लेवनानको दुईदिने भ्रमण पूरा गरी १९ गते पोल्याण्ड सरकारले आयोजना गर्न लागेको ‘डिफेन्स एक्सपो’ मा सहभागी हुन उहाँ त्यसतर्फ प्रस्थान गर्नुहुनेछ ।

समकक्षी एन्टोनी मसिओएजको निमन्त्रणामा पोल्याड जान लाग्नुभएका उपप्रधानमन्त्री पोखरेलले ‘एक्सपो’ सहभागी मुलुकका सेनाले प्रयोग गर्ने सैन्य सामग्रीलगायतको जानकारीसमेत लिनुहुनेछ ।

उपप्रधानमन्त्री पोखरेल दुवै मुलुकको भ्रमण पूरा गरी भदौ २३ गते स्वदेश फिर्ता हुने कार्यक्रम छ ।  –रासस

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्