सैघामा तीज विशेष



रोम थापा मगर
दाङ १६ सैघा । घोराही उपमहानगर पालिका वडा नं १९ सैघामा तीज विशेष कार्यक्रम सम्पन्न भएको छ । हिन्दु नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा कार्यक्रम गरिएको हो । जनउत्थान विकास समितको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । तीज विशेष कार्यक्रममा बोल्दै वडा अध्यक्ष हर्कबहादुर घर्तीले बढ्दो बलात्कारका घटना कम गर्न सबै सचेत हुनुपर्ने वताउँनुभयो । कार्यक्रमका प्रमुख अतिथी समेत रहनु भएका घर्तीले महिला अधिकार प्राप्तीका लागि सवैले भुमिका खेल्नु पर्ने बताउँनुभयो ।

कार्यक्रममा भगवती माध्यामिक विद्यालयका प्रध्यानाध्यापक देवी बहादुर घर्ती मगर , सैघा स्वास्थ्य चौकीका प्रतिनिधि दिपक सुनार ,दलित सञ्जालका अध्यक्ष सुदिप सुनार लगायतले वोल्नु भएको थियो ।जनउत्थान मूल समितीका कोषाध्यक्ष प्रेमी पुनको अध्यक्षतामा भएको कार्यक्रमको सहजिकरण अमृता कुवँरले गर्नुभएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्