प्रदेश सरकार वडाको अधिकार खोस्ने दाँउमा छ — गणेश आचार्य



बिष्णुकुमार देवकोटा
दाङ भदौ १६

राष्ट्रिय जनमोर्चा दाङका अध्यक्ष गणेश आचार्यले प्रदेश सरकार आवस्यक नभएको बताउनुभएको छ ।
आज (शनिबार) सैघाली खबरडटकम र सैघाली अनलाइन टिभी संग लाइभ कुराकानी गर्दे आचार्यले यस्तो बताउनुभएको हो ।
नेपालमा शक्ति बिकेन्द्रिकरणको सिद्धान्त अनुसार एकात्मक राज्यसत्ता आवस्यक रहेको दावि गर्नुभयो ।
“संघियताकौ कारण आज जनताले कर को सास्ति भोग्नु परेको छ ” आचार्यले भन्नु भयो ।

दलाल व्यापारी तथा बहुराष्ट्रिय कम्पनिहरुलाई कर छुट दिने तर गरीब किसान लाई करको भारी थोपर्ने संघीयता आवस्यक नभएको आचार्यको दावी छ ।
नेपाली जनताहरुले नचाहेको संघीयता चोर बाटोबाट बिदेशीहरुको इसारामा घुसाइएको आचार्यले दावी गर्नुभयो ।
पुर्व एमाले र माओवादीको एक आपसमा बिलय तथा दुई तिहाइको सरकार बाट जनताले धेरै आशा गरेको तर सरकारको कार्यशैलीले जनतामा निरासा छाएको आचार्यले भन्नुभयो ।
“अहिलेको संघीयता आर्थीक, साँस्कृतिक,सामाजिक कुराहरुले ठिक छैन , प्रदेश सरकारको आवस्यक छैन ” आचार्यले दावी गर्नुभयो ।
वडाको अधिकार समेत खोस्ने दाउमा प्रादेशिक सरकार रहेको आचार्यको दावी छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्