बाँकेमा भारतीय ब्रोइलर कुखुरा बरामद



बिष्णुकुमार देवकोटा
बाँके भदौ १६

अबैध रुपमा बिना भन्सार तथा क्वारेन्टाइन चेकजाँच नगरिएका ठूलो परिमाणमा मासुका लागि प्रयोग हुने ब्रोइलर कुखुरा बाँकेमा बरामद गरिएको छ ।


शनिबार बिहान साढे ५ बजे नेपालगंज उपमहानगरपालिका वडा नं १७ ढोडई गाँउबाट अन्दाजी ८ क्विन्टल कुखुरा बरामद गरेको शसस्त्र प्रहरी भन्सार सुरक्षा गुल्मका प्रमुख प्रहरी उपरिक्षक निरंकारनाथ सुक्लाले जानकारी दिनुभयो ।
शसस्त्र प्रहरी बल नेपाल गुल्म हेडक्वाटर राजश्व तथा भन्सार गस्ति सुरक्षा बाँके नं ४० गुल्म बाट स.प्र.ना.नी. द्रोण बहादुर बुढाको कमाण्डमा गएको टोलिले छड्के चेकजाँच गर्दा करीब १५ हजार रुपैयाँ बराबरको कुखुरा बरामद गरिएको हो । बरामद कुखुरा क्षेत्रिय पशु क्वारेन्टाइन कार्यालय बाँकेमा बुझाइने को शसस्त्र प्रहरी बलका डिएसपी सुक्लाले जानकारी दिनु भयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्