जहाज धावनमार्गमा चिप्लिँदा पाँच यात्रु घाइते



दाङ,१७ भदौ  । नेपालगन्जबाट २१ जना यात्रु बोकेर काठमाडौं आइपुगेको यती एयरलाइन्सको जेट स्ट्रीम विमान शनिबार राति अवतरणपछि धावनमार्गमा चिप्लिएको छ । त्रिभुवन विमानस्थलका महाप्रवबन्धक राजकुमार क्षेत्रीका अनुसार जहाजमा रहेका ५ यात्रुलाई साधारण चोट लागेको छ। चालक दल र अरु यात्रुको अवस्था सामान्य छ।

कोटेश्वरतर्फबाट अवतरण गरेको जहाज चिप्लिँदा अगाडिको ल्यान्डिङ गियर (पाङ्ग्रा) भाँच्चिएको महाप्रबन्धक क्षत्रीले बताए।  काठमाडौं विमानस्थलको धावनमार्ग राति ८:३५ देखि ४५ मिनेटका लागि बन्द गरिएको थियो ।

नेपाल एयरलाइन्सका ग्राहण्ड हेन्डेलिङ कर्मचारीलगायतले जहाज तानेर पार्किङमा ल्याउने कोसिस गरिरहेका छन्।

हङकङ र बैंगलोरबाट आएका नेपाल वायु सेवा निगमका दुई जहाजरमलेसियाबाट आएको मालिन्दो एयरको जहाजसिमरामाथिको आकाशमा होल्डमा छन्। त्यस्तै विमानस्थलबाट उड्ने तयारीमा रहेका४ जहाज पनि उड्न सकेका छैनन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्