मगरको पहिचान बिरोधी मुलुकी ऐन’



 

तुलसीपुर, १७ भदौ ।

नयाँ मुलुकी ऐन प्रति मगर समुदायले आपत्ति जनाएका छन् । नयाँ मुलुकी ऐनमा मगरहरुको परम्परा, पहिचार र संस्कारमाथि हस्तक्षेप गरेको आरोप लगाएका छन् । नेपाल मगर सांस्कृतिक संघको प्रथम अधिबेशन उद्घाटनशत्रमा बक्ताहरुले यस्तो बताएका हुन् । अध्यक्ष दत्त बुढा मगरको अध्यक्षतामा शनिबार तुलसीपुरमा भएको कार्यक्रममा नयाँ मुलुकी ऐनले मगरको सांस्कृतिलाई मेटाउन खोजिएको बताएका छन् ।

त्यस अवसरमा नेपाल मगर संघका केन्द्रीय उपाध्यक्ष गुरु प्रसाद घर्तीले मगरको सांस्कृति, परम्परा र पहिचानलाई मेटाउने खालको मुलुकी ऐन बिरुद्ध आन्दोलनमा उत्रिने बताए । मगर समुदाय नेपाली संस्कृतिको धनी भएपनि नयाँ मुलुकी ऐनले ती संस्कृतिलाई कुन्ठित गर्ने कार्य गरेको उनले बताए ।

त्यस अवसरमा बिशिष्ट अतिथि नेपाल मगर संघ तुलसीपुरका अध्यक्ष राम कुमार घर्तीले मगरहरुको पोशाकको समेत दुरुपयोग हुने गरेको बताए । मगरहरुको पोशाकलाई गैरमगरहरुले छाडा रुपमा प्रयोग गर्ने गरेको उनको भनाई थियो । मगरचेलीहरुले लगाउने गुन्यू चोलीलाई बिभिन्न दोहोरीसाँझहरुमा लगाउने गरेको उनले बताए । यसले मगर चेलीहरुको पोशाकलाई दुरुपायोग गरेको उनको भनाई थियो । यसमा मगर समुदाय सचेत हुने बेला भएको उनको भनाई थियो ।

कार्यक्रममा बदभद्र कुसारी मगरलगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । उपाध्यक्ष राज बहादुर घर्तीले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रमको सहजीकरण सन्तोष घर्तीले गरेका थिए ।

त्यस अवसरमा सांस्कृतिक कार्यक्रमको आयोजन समेत गरिएको थियो । जसमा कलाकार निर आलेमगर, प्रेम विवस घर्ती, तुलसा घर्ती, खुमेन्द्र पुन, धिरेन्द्र शाही,पूर्ण पुन, बच्चु कैलासलगायतले आफ्नो प्रस्तुती राखेका थिए ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्