पहिरोमा पुरिदा तीन बालबलिका बेपत्ता



दाङ १८ भदौ । सल्यानको बागचौर नगरपालिका १२ ओख्रेनी मुलखोलामा खसेकोे पहिरोमा परी ३ बालबालिका पुरिएका छन । स्थानीय बालाराम डाँगीको घर पहिरोमा पर्दा उनका २ छोरी १ छोरा पुरिएका हुन ।पहिरोमा पुरिनेहरुमा उनकी १० बर्षिया छोरी ललिता डाँगी, ७ बर्षिया छोरा ललित डाँगी र ४ बर्षिया छोरी मेनका डाँगी रहेको वडाध्यक्ष दिपक वलीले जानकारी दिएका छन् ।

 

बालबालिकाले खाना खाँदै गरेको समयमा आएको पहिरोले ३ बालबालिकाहरु र बस्तुभाउ समेत पुरिएको वलिले बताए ।डाँगी र उनकी श्रीमती दुध दुहुन गोठमा गएका बेला पहिरो खसेकाले उनीहरु भने बच्न सफल भएको जिल्ला प्रहरी कार्यालय सल्यान डिएसपी विरेनद्रवहादुर शाहीले वताएका छन् ।डिएसपी शाहीका अनुसार रातको समय र भारी बर्षाका कारण उद्दार गर्न कठिनाई भएको र विहान स्थानियको सहयोगमा उद्दारको तयारी भैरहेको छ ।उद्दारका लागि इलाका प्रहरी कार्यालय सिमखोली र इलाका प्रहरी कार्यालय थारमारेबाट प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्