अझै बुझेनन मृतक परिवारले घर्तिको शव



सैघाली खबर
दाङ ३ ,साउन । अपहरण पछि हत्या भएका घोराही उप–महानगरपालिका वडा नम्वर १२ का रण वहादुर घर्तिका परिवार मृतक घर्तिका शव अझै बुझ्ेका छैनन । मृतक घर्तिका परिवार उचित क्षतिपुर्तिको माग गर्दै शव उठाउन मानेका छैनन । मृतकका परिवारले मृतकका परिवार लाई उचित क्षतिपुर्ति र दुई नावालक छोराहरुको उचित शिक्षाको व्यावस्था ग्यारेन्टी माग राख्दै मृतकको शव लाई हप्ता दिन देखी राप्ती उप–क्षेत्रिय अस्पतालाको मुर्दा घरमा राखिरहेको जिल्ला प्रसासन कार्यालय दाङले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी गजेन्द्र वहादुर श्रेष्ठले मृतकका परिवारले उचित क्षतिपुर्तिको अडान राख्दै मृतक घर्तिको शव लाई बुझ्न नमानी रहेको वताए । पटक– पटक मृतक परिवार् लाई शव वुझ्न आग्रह गर्दा समेत मृतकका परिवारले शव उठाउन नमानेको वताउनु भयो । उहाँले भन्नुभयो ‘ हामीले थुप्रै पटक परिवार संग भेटघाट गरी शव वुझ्न आग्रह गरेका छौ । ’ तर परिवारले मान्नु भएको छैन । कानुनी प्रक्रिया वाट मृतकका परिवार लाई राज्यले दिलाउन सक्ने क्षतिपुर्ति दिलाउन कानुनी सर–सल्लाह दिदाँ समेत परिवारजनले वेवास्ता गरीरहेकाले गुनासो गर्नुभयो । प्रमुख जिल्ला अधिकारी श्रेष्ठले मृतक परिवारहरु लगातार छलफल गरिरहेका छौ । पटकै उहाँहरुले अडान छोड्नु भएको छैन । तर हामीले प्रयास गरीरहेका छौ । सरकार संग पनि वारम्वार कुरा राखी रहेका छौ । परिवारहरु लाई कानुनी प्रक्रियामा आउन आग्रह गर्दछौ ।
तर यता मृतक परिवारहरुले हत्यारा कडा कार्वाही र उचित क्षतिपुर्तिको व्यावस्था नगरे सम्म शव नवुझ्ने अठडान लिएका छन । मृतक घर्ति बाबु गजराज घर्तिले सरकारले उचित क्षतिपुर्ति र दुई छोराहरु लाई उचित क्षतिपुर्तिको व्यावस्था नगरे सम्म शव नउठाउने वताउनुभयो । बाबु घर्तिले भन्नुभयो ‘ जव सम्म हत्यारा लाई जन्मकैदको सजाय तोकिदैन तव सम्म छोराको शव उठाउदैनौ । ’ घरमा ल्याउने हाड मात्रै हो सवै ज्यान सडीसकेको छ । छोराहरु लाई निशुल्क पढाई र वुहारी रोजगारी पनि व्यावस्था गरिनुृ पर्छ ।

यसैविच हिन्दु जागरण नेपाल दाङले ६ गते नेपाल बन्द गर्ने भएको छ । अपहरण पछि हत्या गरिएका स्वर्गिय रण वहादुर घर्तिको परिवार लाई उचित क्षतिपुर्ति माग गर्दै दाङ वन्दको आह्वान गरिएको हिन्दु जागरण नेपाल दा शाखाले एक विज्ञप्ती जारी गर्दै यस्तो जानकारी दिएको हो । हिन्दु जागरण दाङका अध्यक्ष यम वहादुर भण्डारीको हस्ताक्षर विज्ञप्तीमा मृतक घर्तिका परिवार लाई उचित क्षतिपुर्ति सहित हत्यारा लाई कडा भन्दा कडा कार्वाहीको माग राख्दै दाङ बन्दको आह्वान गरिएको छ । मृतक घर्तिका परिवार लाई राज्यले दिने क्षतिपुर्ति दिने वारे पटक पटक छलफल गर्दा समेत आनाकानी गरेकाले स्थानिय प्रसासन मौन रहेकाले स्थानिय प्रसासन लाई दवाव दिने उद्देश्य स्वरुप वन्द आह्वान गरिएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्