घर पुरिँदा तीन बालबालिकाको मृत्यु



सल्यान १८ भदौ । बाग्चौर नगरपालिका–१२ बाफुखोलामा पहिरोले घर पुरिँदा एकै घरका तीन बालबालिकाकाे मृत्यु भएकाे छ । शनिबार राति स्थानीय बालाराम डाँगीकाे घर पुरिँदा उनका दुई छोरी र एक छोराकाे मृत्यु भएको प्रहरीले जनाएकाे छ ।अविरल वर्षाका कारण घर माथिबाट आएको पहिरोले आइतबार बेलुकी झन्डै सात बजेतिर उनीहरु खेल्दै गरेको बेला घरसँंगै पुरिएका थिए ।

मृत्यु हुनेमा डाँगीका ८ वर्षीय छोरी ललिता डाँगी, ४ वर्षीय मेनुका डाँगी र ६ वर्षीय छोरा ललित डाँगी छन् । बाबुआमा बेलुकी भैंसी दुहुन गोठ गएको समयमा पहिरो खसेको प्रहरीले जनाएको छ । वर्षाका बेला घरमाथिबाट थप पहिरो आउने खतराले गर्दा कसैले उद्धार गर्न नसकेको प्रहरी नायब उपरीक्षक बिरेन्द्रबहादुर शाहीले बताए ।वर्षा रोकिएपछि सोमबार बिहान इलाका प्रहरी कार्यालय थारमारेबाट गएको टोलीले शव निकालेको शाहीले बताए ।दुई तले घर पहिरोले च्यापिएको हो । च्यापिएर तीन छोराछोरीको मृत्यु पछि बाबु बालाराम डाँगी र आमा बेहोस छन् । केही दिन अघि बाग्चौर नगरपालिका–४ सेतोगुराँसमा घर भत्किँदा एकै परिवारका पाँच जनाको मृत्यु भएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्