आत्म विश्वास र साहित्यिक स्वाद लिन सेल्फि उपन्यास पढ्नुपर्छ : सर्जक सविन प्रियासन



आफुलाई बाटोमा “सेल्फि गर्ल” भनेर बोलाउँदा खुसी लाग्छ
बिष्णुकुमार देवकोटा
दाङ भदौ २०
सेल्फि उपन्यासका सर्जक तथा साहित्यकार सविन प्रियासनले जीवन देखी निरास भएका तथा साहित्यको स्वाद लिन सेल्फि उपन्यास पढ्नु पर्ने बताउनुभएको छ ।
सैघाली खबर डटकम तथा सैघाली अनलाइन टिभीका लागि साहित्यिक समागम कार्यक्रम अन्तर्गत साहित्यकार प्रियासनले यस्तो आग्रह गर्नुभएको हो ।
पत्रकार महासंघ दाङ साखाका अध्यक्ष समेत रहनुभएका दङ्गाली साहित्यकार प्रियासन ले आफ्नो छौठौ औपन्यासीक कृति सेल्फि बास्तविक कथामा आधारीत रहेको बताउनुभयो ।

“ अपाङ्गता असक्षमता होईन, अपाङ्ग ले पनि सपाङ्ग सरह सफल जीवन जिउन सक्छन्” प्रियासनले भन्नुभयो । सेल्फि को वास्तविक दर्शनलाई टेकेर सेल्फि उपन्यास लेखेको जानकारी दिनुभयो । सेल्फि उपन्यासकि सजिव पात्र “सेल्फि गर्ल” बन्दना डिसी ले यो उपन्यासको नायिका हुन पाएको मा खुसि व्यक्त गर्नुभयो । सारीरीक रुपले अपाङ्ग डिसीको दाहिने हात कमजोर छ । “डक्टरको लापरवाहिले छोरीको हात यस्तो भयो ” आमा सुसिला डिसी ले भन्नुभयो ।

 

पहिला पहिला हातकै कारणले चिन्तागर्ने छोरी उपन्यासकै कारण एकाएक चर्चामा आएपछि छोरीमा सकारात्मक सोंचको बिकास भएको आमा सुसिलाले भन्नुभयो । आफुलाई बाटोमा “सेल्फि गर्ल” भनेर बोलाउँदा खुसी लाग्छ । जीवनमा केहि गर्ने हौसला बढाएको छ “सेल्फि गर्ल” बन्दना डिसीले भन्नुभयो । “यो सबै श्रेय सविन दाई लाई जान्छ” सेल्फि गर्ल ले भन्नुभयो । पुस्तकका रुपमा आठौं र औपन्यासीक कृतिको रुपमा छैठौं श्रीजना पाठक सामु ल्याएका सविन प्रियासनले समिक्षकहरुको रेस्पोन्स पनि सकारात्मक आएको बताउनुभयो । विश्व साहित्यिक बाङ्गमयमा नेपाली साहित्यले प्रतिनिधित्व गर्न नसक्नुमा राज्य दोषि रहेको प्रियासनले बताउनुभयो । “साहित्यमा राज्यको लगानी हुनुपर्छ” । सबै कुरा बुझ्नलाई सेल्फि उपन्यास नै पढ्नु पर्छ ।

 

 

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्