सगरमाथा सिमेन्टको परीक्षण–वर्दिया गएको र दाङको नमुना नै फरक (यस्तो छ रहष्य)



दाङ भदौ २०

घोराही सिमेन्टको नमुना सोनापुरवाट क्लिङ्कर ल्याएर उत्पादित सिमेन्ट भएको नापतौल विभागको ठहर घोराही, भदौ २० । बर्दिया गएको सिमेन्ट र दाङ आएर नमुना परिक्षण गरेको सिमेन्ट फरक फरक मितीका उत्पादन हुन् । वर्दियामा भेटिएको गुणस्तरहीन भनिएको सिमेन्ट चार महीना अगाडिको हो भने दाङ आएर नमुना लिएर परीक्षण गरीएको सोनापुर सिमेन्ट उद्योगवाट लिईएको क्लिङ्करवाट उत्पादित सिमेन्ट हो । वर्दिया जिल्ला प्रशासनले वर्दियामा भेटिएको घोराही सिमेन्टको उत्पादन गुणस्तरहीन भेटिएपछि सिमेन्ट उद्योगले आफ्नौ हजारौ मेट्रीक टन क्लिङ्कर मौजाद रहदा रहदै पनि अन्तिम अवस्थामा गुणस्तर कायम राख्नका लागि सोनापुर सिमेन्टवाट क्लिङ्कर ल्याएको थियो । गुणस्तर नापतौल विभागका निर्देशन मनोजकुमार उपाध्यायले घोराही सिमेन्ट उद्योगद्वारा उत्पादित सगरमाथा सिमेन्ट उद्योगको ओपिसि र पिपिसिको पछिल्लो नमुना सोनापुरवाट क्लिङ्क ल्याएर बनाईएको उत्पादन भएको स्विकार गरेका छन् । वर्दिया जिल्ला प्रशासनको आग्रह वमोजिम नापतौल गुणस्तर विभागले परीक्षण गरेर पठाएकोमा त्यो वेला गुणस्तरहीन नै विभागले देखाएको छ । वर्दियाको स्थानिय प्रशासनले गुणस्तरहीन देखीएपछि नापतौल विभागको पत्रसहीत उद्योगको उत्पादनसहीत विक्री र वितरण रोक्न अनुरोधसहीत पत्र दाङको जिल्ला प्रशासनलाई पठाएको थियो । तर दाङको प्रशासनले वर्दिया जिल्ला प्रशासनको पत्रलाई वेवास्ता गर्दै गृहमन्त्रालयमा घोराही सिमेन्टको उत्पादन पुन छानविन गर्नुपर्ने भन्दै दाङका प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले मन्त्रालयमा पत्र पठाएका थिए । गृहमन्त्रालयले नाप तौल विभागसंग समन्वय गरेर नमुना संकलन गरेर परीक्षण गर्न पत्र दाङ प्रशासनमा पठाएपछि विभागका निर्देशक मनोजकुमार उपाध्याय र मेकानिकल इन्जिनियर उमेशकुमार यादव दाङमा आई उक्त सिमेन्टको नमुना लगेका हुन । टोलीले साउन १७ गते उत्पादन भएको र १६ गते उत्पादन भएर १८ गते तुलसीपुर बिक्रि भएको दुई प्रकारका सिमेन्टको गुणस्तर परिक्षणका लागि काठमाडौ लगेको हो । तर, वर्दिया प्रशासनले गुणस्तरहीन भनिएको सिमेन्ट र अहिले नमुना परीक्षण गरीएको सिमेन्ट, त्यो पनि सोनापुरवाट क्लिङ्कर ल्याएर उत्पादित सिमेन्ट, यि सबै फरक मितिका उत्पादन हुन् । जिल्ला प्रशासन कार्यालय दाङले नमुना परीक्षणका लागि स्याम्पल लिएपनि केही दिनसम्म नमुना परीक्षण दाङमै थन्किएको थियो । गुणस्तर नापतौल विभागको टोलि आउन ढिला गर्दा स्थानिय प्रशासनको रोहवरमा नमुना परीक्षणको सिमेन्ट राखिएको थियो । नमुना संकलन गरी सकिएको भनेर स्थानिय प्रशासनले दावि गरीरहेका वेला घोराही सिमेन्ट उद्योगले पहिलोपटक सोनापुर सिमेन्ट उद्योगवाट क्लिङ्कर ओसारपसार गरीरहेको थियो । आफ्नो उत्पादनमा समस्या आएपछि सिमेन्ट उद्योगले उत्पादन सुधार्नका निमित्त सोनापुरवाट क्लिङ्कर ल्याएको भनेर नापतौल विभागलाई लिखितरुपमा चिट्ठि पठाएको थियो । तर, अहिले जाँच गरीएको र नमुना परीक्षण गरीएको वर्दिया जिल्ला प्रशासनले भनेको मितिको उत्पादन सिमेन्ट भन्दा सुधार गरी बजारमा ल्याईएको सिमेन्ट रहेको विभागका निर्देशक उपाध्यायले बताउनु भयो । उहाले वर्दिया प्रशासनले गुणस्तरहीन भनेको सिमेन्ट चार महीना अगाडिको रहेको र अहिले नमुना संकलन गरीएको सिमेन्ट सोनापुरको क्लिङ्करको प्रयोग पछिको भएको पनि जानकारी दिनु भयो । ‘वर्दिया प्रशासनले गुणस्तरहीन भनेको सिमेन्ट चार महीना अगाडिको हो, त्यसमा हामिले म्याग्नेसियम बढि भएकाले घोराही सिमेन्ट ठिक छैन भनेका हौ–उपाध्यायले भन्नुभयो–अहिले दाङवाट नमुना ल्याएर जाँचिएको सिमेन्ट र मापदण्ड अनुसार ठिक छ भनेको त सुधार गरीएको, जो सोनापुरवाट क्लिङ्कर ल्याएपछि बनाइएको सिमेन्ट हो, त्यसैले पछिल्लो त सुधार गरेको छ, हामिले पनि ठिक छ भनेका छौ’ । उहाले थप्नु भयो–पहिलेको र अहिलेको स्याम्पल नै फरक छ, यसमा उपभोक्ता सचेत हुनुहुन्छ, सबैलाई थाहा भइसकेको कुरा हो, जव उहाहरुले आफ्नो उत्पादन सच्याउन र म्याग्नेसियम घटाउन सोनापुरवाट क्लिङ्कर ल्याउदै छौ भन्नुभयो, त्यसपछि हामि दाङ गएर जुन नमुना लिएर आयौ, त्यो त सबै सुधारीएपछिको उत्पादन हो, त्यसैले त मापदण्ड अनुसार ठिक देखीएको हो’ । अहिले सुधार गरी ल्याएकाले प्रयोग गर्न योग्य देखीएको र वर्दिया लिईएको स्याम्पल अनुसार यसको गुणस्तरहीन नै रहेको पाईएको र पछि लिईएको नमुना वाहीरवाट क्लिङ्कर ल्याएपछि सुधारीएको उहाले बताउनु भयो । गुणस्तर नापतौल विभागका निर्देशक उपाध्यायले सगरमाथा सिमेन्टको ओपिसि र पिपिसि मापदण्ड अनुसार ठिक रहेको र कुनै आर्थिक चलखेल नरहेको पनि स्पष्ट पार्नु भएको छ । उहाले सिमेन्ट उद्योगको रिर्पोट सार्वजनिक गर्ने कुरामा कुनै आर्थिक चलखेल नभएको दावि समेत गर्नु भएको छ । तपाइहरुले आफै गुणस्तरहिन भन्नुहुन्छ, केही समयपछि मापदण्ड अनुसार ठिक छ भन्नुहुन्छ,यहाँ त वाहीर आर्थिक चलखेल गरी मिल्यो भन्ने चर्चा छ, खासमा कुरा के हो भनेर जिज्ञाशा राख्दा उपाध्यायले भने–कुनै आर्थिक चलखेल भएको छैन, हामिले ल्याएको परीक्षण नमुना यहाँ जाँच गर्दा ठिकै रहेछ, जहासम्म पैसा खाएर मिल्यो कि भन्ने कुरा छ, त्यो विल्कुलै गलत छ, वाहीर के भन्छन्, हल्लाको पछाडि कुद्न भएन नि ?’ घोराही सिमेन्टबाट उत्पादन सगरमाथा सिमेन्ट गुणस्तरहिन भएको घटना सार्वजनिक भएपछि परिक्षण गरीएको थियो । सगरमाथा सिमेन्ट बर्दियामा गुणस्तरहिन भएको पाईएपछि गुणस्तर तथा नाप तौल विभागको टोली दाङमा आएर परिक्षणका लागि नमुना लगेको थियो । टोलिले सोनापुर सिमेन्ट उद्योगवाट ल्याएको क्लिङ्करवाट ल्याएर उत्पादन गरेको सिमेन्ट ओपिसि र पिपीसिको नमुनाका कारण मापदण्ड अनुसार ठिकै रहेको भनेको विभागको भनाई छ । घोराही सिमेन्टले उत्पादन गरेको ओपिसि सिमेन्टमा म्याग्नेसियम बढि भएकाले मापदण्डअनुसार सिमेन्ट उत्पादन गर्न घोराही सिमेन्टले पछिल्लोपटक आफ्नो हजारौ मेट्रिकटन क्लिङ्कर मौजाद रहेपनि केही हजार मेट्रिक टन क्लिङ्कर सोनापुर सिमेन्टवाट लिएको थियो । ओपिस र पिपिस सिमेन्टको गुणस्तर मापनका लागि जिल्ला प्रशासन कार्यालय दाङको समन्वयमा विभागको टोली दाङ आएको थियो । बर्दियामा सगरमाथा सिमेन्ट प्रयोगका क्रममा कमसल भएको उजुरी र त्यसपछिको परिक्षणबाट ओपीसीमा म्याग्नेसिया तत्व बढी देखिएपछि त्यहाँको प्रशासनले दाङ प्रशासनलाई सिमेन्ट उत्पादन र बिक्रिलाई पत्र काटेको थियो । घोराही सिमेन्ट उद्योगले दैनिक २ हजार टन सिमेन्ट उत्पादन गर्दै आएको छ । थप एक हजार टन सिमेन्ट उत्पादनका लागि उद्योगले अनुमति पाएको दावि गरेपनि स्थानियवासिको विरोध र न्यायिक समितिमा मुद्दा परेपछि उद्योगले पाएको अनुमतिको विषय विवादमा परेको छ । विरोधपछि उद्योग पछि हटेको छ ।

जागरण अनलाइन बाट

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्