गायक जिवन पुन मगर धनले टाढा नामक लोक दोहोरी गित लिएर नेपाली लोक दोहोरीको दुनियामा प्रवेश(Video)



दिप सागर बुढा मगर – नेपाली सांगेतिक आकाश निरन्तर नब प्रतिभाहरुको आगमन भैरहेको बेला लोक दोहोरी क्षेत्रमा पनि निकै सम्भावना बोकेको समधुर स्वरका धनी गायक जिवन पुन मगर धनले टाढा नामक लोक दोहोरी गित लिएर नेपाली लोक दोहोरीको दुनियामा प्रवेश गरेका छ्न । लोक संगितको उर्बराभुमी दाङमा जन्मिनु भएका गायक जीवन सानै देखि लोक संगित भने पछि हुरुक्क हुन्थे र गुनगुनाई रहन्थे । गायक जिवनको सार्बजनिक गित धनले टाढा उनलाई अहिलेका चर्चित गायिका देबी घर्ती मगरले साथ दिएका छन । यस गितमा मनले जति नै माया गरेपनि धनले टाढा गराएको धेरैको वास्तविक जिबन कहानी संग मेल खाने शव्दहरु उनिएको छ । हाल युद्धरत भुमी अफगानिस्तानमा कार्यरत गायक जीवनलाई शब्द र संगित सिर्जनामा सन्दीप भुसालले साथ दिएका छन ।

 

 

धनले टाढा नामक यस गितको म्युजिक भिडियोमा अहिलेका जल्दाबल्दा मोडलहरु बिमल अधिकारी र सरिका केसीको उत्कृष्ट अभिनय देख्न सकिन्छ ।

 

भावना म्युजिक सोलुसनको प्रस्तुति रहेको यस गितको भिडियो निर्देशन कपिल लामाले गर्नु भएको छ भने अमर शाक्यको सम्पादन र राजेश घिमिरेले भिडियो खिचेका हुन ।

 

 

 

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्