दाङमा भाईरलका विरामी बढे



जनक नेपाली

दाङ,४ साउन । बदलिँदो मौसमका कारण दाङमा भाइरल ज्वरो र जण्डिसका विरामीको संख्या बढ्दै गएको छ । सुरुमा टाउको दुख्ने, जीउ दुख्ने, रुघा खोकी लाग्ने, छाती घ्यारघ्यार हुने, हाच्छिउ आउने र उच्च ज्वरो आएर टाइफाइड हुने गरेको छ चिकित्सकहरुले वताएका छन् ।

यस्तै वाकवाकी लाग्ने, खान मन नलाग्ने, थकाई लाग्ने, कोखा दुख्ने, कसै कसैमा आँखा रातो हुने जण्डिसका लक्षण देखापरेको उनीहरुले वताएका छन् । केही दिन देखि मौसममा आएको परिर्वतनका विरामी हुने क्रम बढेको राप्ती उपक्षेत्रिय अस्पताल घोराहीका प्रमुख डा. जनार्दन पन्थीले वताउनुभयो ।


असार साउन र भदौ असोज महिनामा रोगका जिवाणु बढी सक्रिय हुने गर्छ जसले गर्दा मानिसमा प्रदुषित पानी तथा जथाभावी खानपिनका कारण रोगको संक्रमण हुने गर्छ । यसबाट बच्न प्रदुषित पानी तथा जथाभावी खानपानमा विशेष ध्यान दिनुपर्ने उहाको भनाई छ ।पन्थीले मौसममा आएको परिर्वतनका कारण विरामीको संख्या बढ्दै गएको उहाँले वताउनुभयो । अस्पतालमा दैनिक सय देखि दुईसय जना विमरामी दैनिक उपचारमा आएको उहाँले वताउनुभयो ।

उपचार गर्न आउनेहरुमा टाउको दुख्ने, खोकी लाग्ने, छाती घ्यारघ्यार हुने, हाच्छिउ आउने, उच्च ज्वरो, लगायतका लक्षण देखा पर्ने गरेको छ । केहीमा जण्डिस समेत देखा परेको छ । त्यसबाहेक, टाइफाइडका विरामीको संख्या पनि उत्तिकै बढ्दो छ । टाउको दुख्ने, पेट दुख्ने, लगातार दिसा लाग्ने, निरन्तर ज्वरो आउन, वाकवाकी लाग्ने, खान मन नलाग्ने यसका लक्षण हुन्छ ।

यस्ता लक्षण लिएर अस्पताल आउने विरामीको संख्या पनि धेरै भएको पन्थीले वताउनुभयो ।उहाले यस्ता संक्रमण एकजना मानिसबाट अर्काे मानिसमा सजिलै सर्ने हुदा बेलैमा सचेत हुनुपर्नेमा जोड दिनुभयो । दाङका विभिन्न ग्रामीण भेगका बाहेक रोल्पा,सल्यान, प्युठानबाट समेत विरामी उपचारका लागि आउने गरेको पन्थीले वताउनुभयो ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्