घोराहीमा सुविधा युक्त सुपरमार्केट संचालन



दाङ २३ भदौ । घोराहीमा सुविधा युक्त सुपरमार्केट संचालन आएको छ । घोराही उप–महानगरपालिका वडा नं. १५ स्थित भरतपुरमा रहेको मार्ट सुपरमार्केट संचालनमा आएको छ । १ करोड ६० लाखको लागतमा संचालन आएको सुपरमार्केट शनिवार औपचारिक कार्यक्रमकमको आयोजना गरी उद्घाटन गरिएको हो । घोराहीका टिकाराम रावत र पूर्णबहादुर रोका मगरको संयुक्त लगानीमा सुपरमार्केट संचालन गरिएको हो ।

सुपरमार्केटको दाङ उद्योग वाणिज्य संघका अध्यक्ष नारायण भुषाल र पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासनले संयुक्त रुपमा उद्घाटन गर्नु भएको थियो । उद्घाटन गर्दै प्रमुख अतिथी भुषालले दाङको आर्थिक विकासका लागि यसले महत्वपूर्ण भुमिका खेल्ने बताउँनुभयो ।

सुपरमार्केटमा खाद्यान सामग्री बैङक वा, क्याफे,खेलकुद सामग्री मोवाईल सेवा,विक्तिय सेवा, कपडा पसल, घरेलु उत्पादनका सामग्रीहरु एउटै छाता मुनीबाट संचालन हुने संचालक टिकाराम रावतले जानकारी दिनुभयो । कार्यक्रममा पत्रकार महासंघ दाङका अध्यक्ष सविनप्रियासन रीपुमर्दन गणका प्रमुख सुमन थापा लाइतले बोल्नु भएको थियो । संचालक टिकाराम डाँगीको अध्यक्षतामा भउको कार्यक्रमको संचालन पत्रकार नविन अभिलाषीले गर्नु भएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्