पहिलो पटक गुन्योचोलीमा ज्योति मगर



दाङ, २३ भदौ । सधै पहिरणको विषयलाई लिएर विवादमा आउने गायिका ज्योति मगर शनिवार भने फरक ड्रेसमा देखिईन् । मगर पोशाकमा सहिएकी ज्योति घोराहीमा देखिईन् ।लोक तथा दोहोरी गीत प्रतिष्ठना दाङको आयोजनामा भदौ २२ गतेदेखी सुरु भएको तीज महोत्सवमा उनी गुन्यो चोलीमा देखिईन् ।

उनको प्रवेश हुँदा कार्यक्रम सञ्चालकले उत्साहका साथ भनिरहेका थिए ।हाम्रो कार्यक्रमकालागि आउनुभएका गायिका एवं मोडल ज्योति मगर महोत्सव स्थलमा प्रवेश गर्दै हुनुहुन्छ भन्दा सबैको अपेक्षा थियो उनी वान पीसमा नै आउछिन् भन्ने तर उयनी गुन्यो, चोली र घलेकमा स्टेच चढिन् ।एनको प्रस्तुतिमा पनि तीज गीतहरु प्रस्तुत गरिन् । उनको प्रस्तुतिमा दर्शकहरु खुबै रमाए ।उनले जब पहिलो गीत गाउन सुरु गरेकी थिईन् ।

 

पानी बर्षीयो । भदौरे पानीको वास्ता नगरि उनी गीत गाईरहिन्। दर्शकहरु पनि उनीसँगै रमाईरहे ।छाता हुनेहरु छाता आढेर उनको प्रस्तुतिमा रमाए भने युवाहरु पानीको झरीसँगै भिजेरै उनलाई साथ दिए ।उनले मौलिक तीज गीत पनि प्रस्तुत गरिन् । उनको प्रस्तुतिमा दर्शकहरु खुबै झुमे । उनले आधा दर्जन बढी गीतहरु प्रस्तुत गरेकी थिईन् ।ज्योतिले ‘टिपन सकेन खाईन बरिलै, चोरी खान पल्केको ढाडे बिरालो, उही मुलाको सिन्की उही मुलाको चाना, आँखैमा लाएको गाजल राम्रो’ लगायतका गीतहरु प्रस्तुत गरेकी थिईन् ।२२ गते्बाट सुरु भएको महोत्सव भदौ २८ गतेसम्म सञ्चालन हुने छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्