अपराधमुक्त कपिलबस्तु मेरो मिसनः एसपि यादव



सैघाली खबर केन्द्रिय ब्युरो टिम
कपीलवस्तु भदौ २५

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख मनोज कुमार यादवले अपराध मुक्त कपिलबस्तु आफ्नो पहिलो प्राथमिकता भएको बताउनुभएको छ ।
सैघाली खबर डटकम संग आफ्नै कार्यकक्षमा कुराकानी गर्दे यादव ले यस्तो बताउनुभएको हो ।

“तस्कर , माफिया, गुण्डागर्दी, नदिजन्य पदार्थको ओसारपसार तथा भनसार सुरक्षा मेरो पहिलो प्राथमिकता हो” यादव ले भन्नु भयो ।
जेष्ठ १ गते देखी कपिलबस्तुको समग्र सुरक्षा व्यवस्थाको कमाण्ड सम्हाल्नुभएका प्रहरी उपरिक्षक यादवले सिमा वारपार हुने आपराधिक गतिबिधिहरुलाई कडा निगरानी तथा भन्सार सुरक्षामा प्रहरी लागि परेको बताउनुभयो ।

“मेरो मिसन नै अपराध मुक्त कपिलवस्तु हो ” यादवले भन्नु भयो । संगठित वा व्यकितगत कुनैपनि प्रकारको गुण्डागर्दी हामिलाई सैह्य छैन । “म एक्सन मा जान्छु, हाम्रो टिम एक्सनमा जान्छ, गुण्डा तस्कर तथा माफियाहरुको भागाभाग हुन्छ” । भन्सार बाट आएमा गैह्रकानुनी तथा भन्सार नगरीएका सामानहरु नियन्त्रणमा लिने देखी फरार अभियुक्तहरुको खोजी तलासी मा आफुहरु मूभ हुने यादवले भताउनुभयो । जेठ १ गतेदेखि हाल सम्मको कार्यप्रगति बिबरण पेश गर्दे यादवले ९२ लाख ३९ हजार ४७० रुपैयाँ बराबरको सामानहरु भन्सार चलान गरेको, १० हजार ३५ वटा सवारी साधनहरुलाई ट्राफिक प्रहरी तर्फ कार्वाहीगरी ५७ लाख ७५ हजार ५ सय रुपैयाँ राजश्व असुली गरिएको , १ सय ८६ जना विभिन्न अपराधमा संलग्न व्यक्तिहरुलाई पक्राउ गरी अनुसन्धानमा लिएको, २९ मोटरसाइकल र २ स्कूटीसहित ६ जनालाई पक्राउगरीएको, १६ जना फरार प्रतिवादी पक्राउगरी जिल्ला अदालतमा पेश गरी १७ बर्ष ११ महिना २७ दिन कैद सजाय सहित १ लाख उनन्साठीहजार १ सय ५६ रुपैयाँ पचासी पैसा दण्ड जरीवाना उठाएको, २३ केजी चरेस, ६ ग्राम खैरो हेरोइन, ८६० मिलिग्राम ब्रउनसुगर सहित १० जना लागूऔषध कारोबारीहरुलाई पक्राउ गरी हिरासतमा लिएको , विभिन्न समयमा २१ हजार तीन सय वटा करीब ११ लाख ६१ हजार ५सय रुपैयाँ बराबरका कुखुराहरु बरामदगरी नस्ट गरिएको प्रहरी प्रमुख यादवले जानकारी दिनुभयो । कानुन पालना गर्ने सवालमा कसैसंग सम्झौता नगर्ने बताउने यादवले “ कपिलबस्तुलाई अपराधमुक्त गराउन इन्काउन्टर समेत हुनसक्छ” यादवले भन्नुभयो ।

ऐतिहाँसिक सहर कपिलबस्तु धार्मीक हिसाबले पनि महत्वपुर्ण रहेको भन्दै यादवले जातीय तथा धार्मीक सहिष्णुता कायम गर्न आफुहरु दत्तचित्तभएर लागीपरेको बताउनुभयो । हिन्दूहरुका महन चाडपर्वहरु नजिकिदै गरेको सवालमा एसपि यादवले “कुनै संकास्पद घटना भए गरे वा हुन सक्ने संभावना देखेमा वा खबर पाएमा ५ मिनेटमै प्रहरी मूभ हुन्छ” । यादव ले भन्नु भयो । नेपाल भारत खुल्ला सिमानाको फाइदा उठाउँदै मानव तस्करहरुले मानव बेचबिखन गर्नेकार्यका लागि सिमा प्रयोग गर्नसक्ने भन्दै त्येसको रोकथामका लागि कडाई गरिएको बताउनु भयो ।

“कुनैपिन व्यक्तिले मलाई डाइरेक्ट भेट्न सक्छ” यादवले भन्नुभयो । जिल्ला प्रहरी कार्यालय सबै सर्वसाधारणहरुका लागी भएको दावी गर्दे मुस्कान सहितको प्रहरी सेवा आफुहरुले दिने यादवले दावी गर्नुभयो ।

(बिष्णुकुमार देवकोटा/सागर थापा/अंकित डिसी/सुदन थापा को टिम ले तयार परेको)

(एसपि याद संग गरीएको कुराकानी सैघाली अनलाइन टिभीमा हेर्नसकिन्छ)

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्