तीज महोत्सवको रौनक थपिदै



दाङ,२५ भदौ हिन्दुहरुको महान् पर्व हरितालिका तीजको अवसरमा घोराहीमा जारी तीज महोत्सवमा रौनकता बढ्दै गएको छ ।
अनाथ बालबालिका सहयोगार्थ राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान दाङको आयोजनामा शुक्रवारदेखी सुरू भएको ‘तीज विशेष सांस्कृतिक महोत्सव २०७५’ मा सोमवार चर्चीत गायिका प्रिती आले लगायतका कलाकारहरूले प्रस्तुति राखेका थिए । युवाहरूको रोजाई गायिका प्रितीले उत्कृष्ट प्रस्तुती राखेकी थिईन् । उनले आफ्ना लोकप्रिय गीतहरू प्रस्तुत गरेकी थिईन् । उनले चौतारीमा बरपिपल छाया, लै बालै फरर, मन परेको जुत्ता पो जुत्ता, बामरी म भोली गै हाल्छु बसे रामरीु लगायतका गीतहरू प्रस्तुत गरिन् ।

महोत्सवमा दंगाली गायक पिताम्बर रिजालले पनि प्रस्तुत गरेका थिए । उनले ुशंख घण्ट बजाईदेउ, नाई नाई नभने मयालेु लगायत प्यारोडी गीतहरू प्रस्तुत गरेका थिए ।महोत्सवमा मंगलवार श्रीदेवी देवकोटा, आयुशा राई, प्रेमप्रकाश मल्ल, खड्ग शर्मा लगायतका कलाकारहरूको प्रस्तुति रहने महोत्सवमा सांस्कृतिक संयोजक राजेन्द्र दाहालले जानकारी दिनुभयो ।महोत्सवको चौथो दिन दर्शकहरूको बाक्लो उपस्थिति रहेको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्