कृतिम जलाशयमा ८५ हजार माछा



घोराही, २६ भदौ घोराही उपमहानगरपालिकाले नगर क्षेत्रमा बनाएका बिभिन्न जलाशयहरुमा ८५ हजार बढी माछाका भुरा छोडिएको छ ।उपमहानगरको कृषि शाखाले वडा नम्बर १६ को गंगटे, वडा नम्बर १७ कटही, ढिकपुर र वडा नम्बर १८ को गिठेपानीमा दश दश हजारका दरले ४० हजार माछाका भुराहरु हालेको छ ।

उपमहानगरले पानीको स्रोत बढाउन र सिचाईका लागि निर्माण गरेका ति जलाशयहरुलाई बहुउपयोगि बनाउन माछा पालन गर्न थालेको कृषि शाखा प्रमुख भरतमणि पोख्रेलले जानकारी दिनुभयो ।

जलाशयमा कमन कार्प, सिल्भर कार्प, नैनी र रहु जातमा माछाहरु हालिएको छ । उक्त माछाको रेखदेख स्थानिय उपभोक्ता समितिले गर्ने र आम्दानी पनि समितिले नै राख्ने व्यबस्था गरिएको छ ।

उपमहानगरको कृषि शाखाले यस अघि डवरी, भोटे र ज्यामीरेमा दश दश हजार र चरिङगेमा १५ हजार माछाका भुरा हालेको छ । माछा हुर्केपछि सोही जलाशय संरक्षण समितिले बिक्रि गर्ने र संरक्षणमा लगाउने कृषि शाखा प्रमुख पोख्रेलले बताउनुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्