आज दर खाने



दाङ, २६ भदौ । आज हरितालिका तीजको अघिल्लो दिन दर खाने नेपाली महिलाहरुले दर खाएर धुमधाम संग हरितालिका तीज मनाउँदै छन् । मिठा मिठा परिकार बनाई एक आपसमा परिवारका सदस्य जमघट भएर नाँचगान गर्दै दर खाएर रमाईलो गर्दैछन । घरमा सासु नन्दले दिएको पिडालाई भुल्न बर्ष दिन सम्म पछि माईत आएका चेलीले आफ्नो वेदना माईती संग पोख्ने परम्परा रहेको छ । राती अबेर सम्म खानपीन नाँचगान गर्ने नेपाली महिलामा परम्परा रहेकोे छ । दरको रुपमा पकवानहरुमा सामान्यतया ढकने,आलुदम, आलु कवाफ, दुध, कुरौनी, फलफूल, मिठाई लगायतका अडिला कुराहरु सेवन गर्ने चलन छ । अझ बिवाहित चेलीकालागि त दरको महत्व मानिदै आएको छ ।

माईतीको निम्तोमा दर खान पुगेका चेलीहरु आजको दिन आमा, हजुर या भाउजुहरुको स्नेहमा लुटपुटिदैं उपरखुट्टि लगाएर घरको कुनै सुर्ता नराखि खाने, रमाउने चलन छ । तीजमा माइत जाने लालसा, नयाँ सारी लाउने चाहना, गाउने गीतका भाका अनि अविवाहित महिलाहरुकालागि भनेजस्तो राम्रो जीवनसाथी पाउँ भन्ने अघोषित वरदानहरू तीजका सर्वमान्य तथ्यहरु हुन् । दर खाने दिनका याद गर्दै माईत जान नपाएका चेलीहरुको वेदना पनि गहभरि आँशुसंगै पोखिन्छ छताछुल्ल, कहिले गीतमा त कहिले प्रीतमा ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्