नेपालगञ्जमा भएको मिसेज डिभामा सरिता बनिन पहिलो



नेपालगञ्जमा मिसेज डिभा इन्टरनेशनल र किड््स अफ द इयर २०१८ भव्यताका साथ सम्पन्न भएको छ । नेपालगञ्जमै पहिलो पटक आयोजना भएको प्रतियोगीतामा नेपालगञ्जको पहिलो मिसेज डिभा इन्टरनेशनल भने सरिता शर्मा बनेकि छिन्् । सरिताले टाइटल , भ्यूअर्ज च्वाइस विधामा अवार्ड र बेस्ट ड्रेससमेतमा पुरस्कार पनि हात पर्न सफाल भइन् । दोश्रो स्थानमा पूजा गुप्ताले बेस्ट वाल्कको पुरस्कार पनि जितेकी थिइन्् । संगीता आर.सि. तेश्रो स्थानमा परिन भने उनी प्रतियोगीतामा बेस्ट ट््यालेन्ट हुन पनि सफल भइन्् ।त्यसैगरी किड््स अफ द इयर २०१८ तर्फ ब्वाइजमा विपिन खड््काले उपाधी जिते । विपिनले उपाधीको साथमा बेस्ट वाल्क र बेस्ट ड्रेसको पुरस्कार पनि जिते । अभिनव शर्मा दोश्रो स्थानमा परे भने उनले बेस्ट ट््यालेन्ट पनि पाए । तेश्रो स्थानमा पर्न सफल कुशाग्र गुप्ताले बेस्ट सिन्सियर पनि पाए । काठमाडौंमा भएको लिटिल प्रिन्सको साथै भारतमा सम्पन्न इन्टरनेशनल एस्थेटिक्स किड््स फेसन रनवे २०१८ मा तेश्रो स्थानमा सुरेन्द्र विजयी भएका प्रतियोगी हुन्् ।
गल्र्सतर्फ संचिता राना मगरले उपाधी हात पारिन्् । संचिताले उपाधीको साथमा बेस्ट वाल्क पाए । प्रति उषा घिमिरे दोश्रो भइन्् भने उनले भ्यूअर्ज च्वाइस पनि पाए । बेस्ट लीडरसीप समेत पाएकि सोनिया साउद तेश्रो स्थानमा परिन्् ।
डिभातर्फ अडिसनबाट छानिएका पाँच जना महिलाहरुको सहभागीता थियो भने किड््सतर्फ ८ देखि १५ वर्षसम्मका २३ जना बालबालिकाहरुको सहभागीता रहेको थियो । विवाहित महिलाहरुको घरभित्रै लुकिरहेको प्रतिभा उजागर गर्ने उद्देश्यले मिसेज डिभाको आयोजना गरिएको आयोजकले जनाएको छ । साथै बालबालिकाहरुभित्र लुकेर बसेको प्रतिभासँग उनीहरुलाई साक्षात्कार गराउने उद्देश्य पनि आफ्नो रहेको आयोजकको भनाई छ । नेपालगञ्जमा यस किसिमको प्रतियोगीता आयोजना पहिलो पटक भएको आयोजकको दावी रहेको छ ।
किड््स र मिसेज डिभा दुवै समूहलाई कोरीयोग्राफी इन्टरनेशनल कोरीयोग्राफर साथै रेडियन्ट ईभेन्ट म्यानेजमेन्ट एजेन्सीका डाइरेक्टर राज फैजुले गरेका थिए । ड्रेस डिजाइन भने नेपालगञ्जकै इम्प्रेसन बुटिकले गरेको थियो । पाण्डव मिडियाको प्रस्तुति रहेको कार्यक्रमको परिकल्पना र व्यवस्थापन रेडियन्ट ईभेन्ट म्यानेजमेन्ट एजेन्सी प्रा.लि.को थियो भने संयोजन राजश्री कलेक्सनले गरेको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्