खड्गबहादुर विश्वकर्मालाई फेरि काठमाडौं लगिने



नेपाल कम्युनिस्ट पार्टी (विप्लव) समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई फेरि काठमाडौं लगिने भएको छ।

विश्वकर्माको गिरफ्तारीविरूद्ध उनका भाइले आइतबार सर्वोच्चमा दायर गरेको बन्दी प्रत्यक्षीकरण सम्बन्धीे रिटको सुनुवाइ गर्दै ४८ घण्टाभित्र बन्दीसहित सर्वोच्चमा उपस्थित गराउन सोमबार अन्तरिम आदेश जारी भएको थियो।

सर्वोच्चका न्यायाधीश डा. आनन्दमोहन भट्टराईको इजलासले अन्तरिम आदेश जारी गरेको हुँदा विश्वकर्मालाई काठमाडौं पठाउने तयारी गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी कृष्णहरि शर्माले जानकारी दिए। ‘हामीलाई तीन दिनपछि सम्म काठमाडौं लैजान पाउने सुविधा छ, तर सकभर आजै हिडाउने योजना छ,’ उनले भने।

गत साउन २२ गते उनलाई सात करोड चन्दा उठाएको अभियोगमा काठमाडौंमै पक्राउ गरिएको थियो। त्यसपछि उनलाई बम बिस्फोट, आगजनी र कर्तव्य ज्यान मुद्दा लगाउँदै देशका विभन्न जिल्लाहरूमा घुमाउँदै आइएको छ। पक्राण्डलाई पछिल्लो समय जिल्ला अदालत भोजपुरले भदौ २१ रिहा गरेलगत्तै प्रहरीले पक्राउ गरेर दाङ ल्याएको हो। दाङमा उनलाई कर्तव्य ज्यान मुद्दा लगाइएको छ।

गत मंसिर १२ गते तुलसीपुरमा नेपाली कांग्रेसको चुनावी सभानजिकै बम बिस्फोट हुँदा सुरक्षार्थ खटिएका तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ निवासी २३ वर्षीय म्यादी प्रहरी विनोद चौधरीको मृत्यु भएको थियो।

नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटी सदस्य समेत रहेका प्रकाण्डलाई पक्राउ परेको एक महिनापछि भदौ २३ गते जिल्ला प्रहरी कार्यालय दाङमा ल्याइएको थियो। जिल्ला अदालतले प्रकाण्डविरूद्धको मुद्दामा आइतबार आठ दिन थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको थियो।

Savar from seto pati

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्