काठमाडौं ओर्लिए लगत्तै गोविन्दाले, भने



बलिउड सुपरस्टार गोविन्दा नेपाल आइपुगेका छन् । आइतवार राजधानीमा हुने एलजी फिल्म अवार्डु मा सहभागी हुनका लागि उनी छोरीलाई साथ लिएर शनिवार दिउँसो १२ बजे त्रिभुवन विमानस्थलमा उर्लिएका हुन् ।

अवार्ड आयोजक प्रमुख दिनेश डिसीका अनुसार, अभिनेता गोविन्दाको नेपाल बसाई तीन दिनको हुनेछ । अवार्ड समारोहमा उनले बरिष्ठ फिल्म निर्देशक किशोर रानालाई लाइफटाइम अचिभमेन्ट प्रदान गर्नेछन् ।

नेपाली भूमी टेकेपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले नेपाललाई साहस र प्रेमको धर्ती भन्दै आफूलाई माया गर्ने नेपालीहरुलाई धन्यवाद दिए ।

उनले नेपाल बसाईको क्रममा पशुपतिको दर्शन गर्ने र चन्द्रागिरी हिल्स् पुग्ने बताए ।भारत भ्रमणमा रहेको बेला प्रधानमन्त्री केपी शर्मा ओलीले गोविन्दालाई ज्वाइँ भन्दै सम्बोधन गरेका थिए । उनकै आग्रहमा गोविन्दालाई नेपाल ल्याइएको बुझिएको छ । खबरअनुसार, हिरो नम्बर वानु फेम्ड अभिनेताले नेपाल बसाईको क्रममा प्रधानमन्त्री ओलीसँग पनि भेट गर्ने कार्यक्रम छ ।

सन् १९९० पछि उनी धेरै पटक नेपाल आइसकेका छन् । सन् २००९ मा काठमाडौं आएको बखत उनले भक्तपुरमा जग्गा किन्ने कुराले पनि ठूलो चर्चा पाएको थियो ।

अभिनेत्री मनीषा कोइरालाको विवाहमा सरिक हुन पनि उनी नेपाल आएका थिए । गोविन्दाकी श्रीमती सुनिता आहुजा नेपाली मुलकी हुन् । आफ्नो गज्जबको डान्स स्टाइल र कमेडीका माध्यमबाट दर्शकको मनमा राज गरेका उनले ‘इल्जाम’ बाट बलिउडमा डेब्यु गरेका थिए । ९० को दशकका उनी सुपरहिट अभिनेता हुन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्