मिड वेष्ट्रन टेक्नीकल इन्ष्टिच्युटमा नया कक्षा सन्चालन हुने



घोराही ३० भदौ।
घोराहीमा रहेको मिड वष्ट्रन टेक्नीकल ईन्चिच्युटमा नया कक्षाहर सन्चालन हुने भएका छन् ,। विद्यार्थीको स्कील टेष्टका आधारमा लेवल १ र २ गरी कक्षा सन्चालन गरिने आज पत्रकार सम्मेलनको आयोजना गरि जानकारी गराईएको हो ।

मिड वष्ट्रन टेक्नीकल ईन्चिच्युटमा हाल सम्म प्रयोजनमा तालिम दिइएको अव देखि विद्यार्थीहरुले आफ्नै लगानीमा पढ्न पाउने संचालक समितिका अध्यक्ष बसन्त श्रेष्ठले बताउनु भयो ।

साथै मिड वष्ट्रन टेक्नीकल ईन्चिच्युटमा पढ्न चाहाने दलित , निम्न आर्थिक स्थिति भएका विद्यार्थी हरुलाई भर्ना शुल्कमा चार जना बिद्यार्थीहरुको लागी १० प्रतिसत छुट दिईने पनि त्यस अवसरमा जानकारी गराईएको थियो ।

नया कक्षहरु आगामी असोज पहिलो साताबाट सन्चालन गरिने संचालक समितिका सदसय शिसिर पौडेलले जानकारी गराउनु भएको थियो ।

मिड वष्ट्रन टेक्नीकल ईन्चिच्युटका संचालक समिति अध्यक्ष बसन्त श्रेष्ठको अध्यक्षतामा भएको पत्रकार सम्मेलनको सहजीकरण अमर अधिकारीले गर्नु भएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्