अटोमेटिक पेस्तोल सहित चौधरी पक्राउ



बिष्णुकुमार देवकोटा
दाङ भदौ ३१

जिल्ला प्रहरी कार्यालय दाङ ले अमेरीकामा बनेको अटोमेटिक ७.६५ क्यालिभर पेस्तोल सहित बिर बहादुर चौधरीलाई पक्राउ गरी पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको छ ।

अपराध र गुण्डागर्दी प्रति सुन्य सहनशीलताको रणनीति अख्तियार गर्दे अपराध मुक्त समाजको परिकल्पनालाई साकार पर्ने उद्धेस्य सहित मूभ भएको दाङ प्रहरी ले चौधरीलाई घोराही को बुद्धि ग्यारेज बाट ४ राउण्ड गोली सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय प्रमुख कृष्ण हरी शर्माले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

अनुसन्धानमा संलग्न प्रहरी अफिसरहरु

घोराही उपमहानगरपालिका वडा नं १३ बडहराका २७ बर्षीय चौधरीलाई बिषेस सुराकीको आधारमा धदौ ३० गते साँझ ७ः३० बजे पक्राउ गरेको हो ।
घोराही उपमहानगरपालिका वडा नं १५ बुद्धिग्योरेज नजिकै चौधरीलाई शरीरको बाँयाँ तर्फको पाइन्टको बेल्टमा लुकाईराखेको अवस्थामा कालो रंगको २२० सीसी को पल्सर बाइक सहित पक्राउ गरेको एसपी कृष्णहरी शर्माले जानकारी दिनुभयो ।

यसैगरी दाङको घोराही स्थित शहिद गेट रोडमा मेटो««««« सिटी सेक्युरीटि गार्ड कम्पनी का संचालक कालि बहादुर लामा लाई ठगिको आरोपमा पक्राउगरीएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
लामाले शारदा नगरपालिका वडा नं ३ सल्यान बस्ने गणेश भण्डारी सहित करीब दश जनालाई प्रहरी बनाइदिन्छु भन्दै प्रहरीको सीट रोल समेत बनाई दुई लाख ५० हजार रुपैयाँ ठगीगरेको प्रहरीलो जनाएको छ ।

दोलखा भिमेश्वर नगरपालिका वडा नं १ चरीकोट बसोबास गर्ने लामा लाई दाङ बाट खटिएको प्रहरीले सिआइबीको सहयोगमा काठमाण्डौ महानगरपालिका वडा नं ५ महाराजगंज बाट भदौ २७ गते पक्राउ गरेको प्रहरी उपरीक्षक शर्माले जानकारी दिनुभयो ।

पक्राउ परेका दुवैजनालाई अनुसन्धानका लागी प्रहरी हिरासतमा राखिएको एसपी शर्माले जानकारी दिनुभयो ।

 

दाङको सुरक्षा व्यवस्थाको कमाण्ड सम्हाले लगत्तै एक्सनमा उत्रिनुभएका शर्माले लागू औषध कारोबारी सहित करीब ६१ केजी लागूऔषध, लामो समयदेखी फरार अभियुक्तहरुको पक्राउ तथा गैरकानुनी हातहतीयारको खोज तलासी तथा पक्रा उगर्नेकार्यमा तदारुकता देखाउनुभएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्