सरिता प्रजापतीलाई जवानीले छोयो रे (भिडियो)



सैघाली खबर, ३१ भदौ ।
बच्चा देखि बृद्धसम्म सबैको रोजाईमा पर्ने गायिकाको नाम हो सरिता प्रजापती । कारण उनि कुनै बिशेष गीत नभई सबै प्रकारका गीत गाउन माहिर छिन् । चाडपर्ब बिशेष, पप, लोक आधुनिक लगाएत भजन संगै चौधरी भाषामा पनि गीत गाउने कला छ सरिता प्रजापतीको । २०६७ सालबाट औपचारीक रुपमा गित गाउन सुरु गरेकि सरिताको अहिले थुपै्र गीतहरु बजारमा आईसकेका छन् भने केहि आउने क्रममा पनि छन् ।

सरिता गीत गाउने मात्रै होईन आफैले शब्द रचना पनि गर्छिन् । पेशाले नर्स सरितालाई यस क्षेत्रमा आउनकोलागि परिवारको साथ छैन । र पनि सरिता आफ्नो जागिर संगसंगै घरपरिवारलाई समय दिएर बचेको समयमा गीतसंगित क्षेत्रमा लागेको बताउछिन् । यिनै गायिका सरिता प्रजापतीसंग गरिएको रमाईलो कुराकानि हेर्नकोलागि तलको भिडियोमा किल्क गर्नुहोला ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्