छोरी भएर जन्म लिनु पाप हो ?



समिक्षा गाहा
दाङ,१ असोज ।  बिहान आँखा खुलेलगत्तै पहिलो काम मोवाईल हेर्नु भएको छ । एक पटक मोवाइल नहेरी उठ्न मन नलाग्ने बानी भइसक्यो, इन्टरनेटको जमाना जो छ । विहान एक पटक मोवाइलमा फेसबुक नखोली मन मान्दैन । समाचार र फेसबुक सबैतिर अपडेट हुन मन लाग्छ । तर कहिले काहिका समाचार यस्ता हुन्छन् कि पुरा दिल अनि दिमाग नै हल्लाईदिन्छ र सोचमग्न बनाईदिन्छन् । अझ भनौ हिजो आज त दिनहु मन नै झस्काईदिने खालका समाचार सुन्ने र देख्ने काम भैरहेको छ । सामाजिक संजालमा अपडेट हुन खोज्दा पहिलो शब्द बलत्कार भन्ने देखिन्छ ।

जस्ले दिमाग नै हल्लाईदिन्छ । साच्चै भन्ने हो भने आजभोली नबिराई बलात्कारका घटना भएको समाचार आइरहेका छन । दिनहु घट्ने यस्ता प्रकारको घटनाले मस्तिष्कमा भुकम्प नै ल्याईदिन्छ । बालिकादेखि लिएर बृद्धा आमासम्म बलात्कृत भईन् भन्ने समाचार देखिन्छन् । कति पराईबाट लुटिए त कति आफन्तै बाट अनि धिक्कार लाग्छ आफु छोरी भएर जन्म लिनुमा । सायद यस्तै समाचार दिनहुँ सुनेर होला आमा पनि निकै चिन्तीत हुनुहुन्छ, र त बेला–बेलामा भनिरहनु हुन्छ छोरी जमाना ठिक छैन आफ्नो ख्याल राख है । आमा मलाई सधै कसै सगं पनि ठुलो स्वरले नबोल्नु, एक्लै नहिड्नु साझमा छिट्टै कोठामा गइहाल्नु नानी भन्नुहुन्छ । जमाना खराब छ नानी सम्हालेर बस्नु । आमाको यो शब्द बाट प्रष्टै हुन्छ की यो समाजमा मेरी छोरी पनि असुरक्षित छे भन्ने कुराले हजारबार पिरोलिरहेको छ ।

 

अनि आमा बेलाबेलामा एक्लै गुनगुनाएको सुन्छु, खाँसमा मान्छेहरु किन यस्तो गछन् होला किन राक्षसि बन्छ होला मान्छे यस्तै यस्तै भनिरहेको सुन्छु । सायद आमालाई बलात्कार र बलात्कारपछि हत्या लगाएतका कुराले साह्रै पिरोलेको हो कि भन्ने आभाष हुन्छ मलाई । किनकि आमा पनि एक महिला हुनुहुन्छ र उहाँका पनि हुर्किएकि छोरी छौ यस कारण पनि आमालाई यो कुराले हामिलाई भन्दा बेसी आमालाई पिरोलेको हुन्छ । कहिलेकाही घर जादा म आमासंगै सुत्छु र आमा छोरीका बिचमा यिनै गन्थन मन्थन कुराहरु हुन्छन ।

आमाले जे भने पनि आमाले भन्ने शब्दहरुले मलाई निकै दुःखी बनाउछन् । म कार्य व्यस्तताका कारण घर भन्दा अलि टाढाँ बस्छु । यो कुराले पनि आमालाई निकै सताउदो रहेछ । कारण उहि, समाजमा भइरहेका यस्ता आपराधिक कृयाकलाप । बर्षातको समय ! बिचमा धेरै खोला ! त्यसमा पनि पानी मुनिका पुलहरु हुँदा सवसाधरणले धेरै नै सास्ती खेप्नु परीरहेको छ । जुन सास्ति मैले पनि खेपेकि छु । केहि दिन पहिले मात्रै तुलसीपुर बाट घोराही आउने क्रममा मलाई पत्रे खोलाले छेक्यो बसमा मान्छेहरु धेरै थिए म एक्लै पनि थिएन तर पनि समयले मलाई एक्लो बनाउँदै लग्यो ।

 

मान्छे हुदा सुरक्षित हैन झन डराउनु पर्ने अबस्था सृर्जना भएको छ। बसमा बसुन्जेल मलाई एउटै कुरा मात्र आयो कत्ति बेला कोठा पुग्ने, राती हुन लाग्यो । खोला घट्ने सुरसार छैन । तर बसवालाले जान्छ भने पछि हामी सबै यथास्थानमा बसिरहेका थियौ । करीब दुई घण्टा पछि बस घोराही तर्फ लाग्यो अब त जाने भयो भनेर ढुक्क भए । तर बस फेरी गुर्जे खोलामा आएर रोकियो । मलाई कोठामा पुग्नु हतार थिएन । तर पनि मेरो मन साह्रै आत्तिरहेको थियो । कारण समाजमा छोरी मान्छेलाई हेर्ने दृष्टिकोण । छोरी मान्छेमाथि पुरुषहरुले लगाउने गिद्दे दृष्टि ।

 

र दिनहु सुन्नमा आईरहेको बालिका बलात्कार, बृद्धा बलात्कार भन्ने समाचारहरुले । हो म यिनै कुराहरुबाट मात्र त्रसिएकि हुँ । सर्तक हुन खोजेकी हुँ । केहिबेरको बसाईपछि खोलाको बाढी अलि घट्यो अनि बस घोराही तर्फ लाग्यो । म घोराही आइपुग्दा ठिक आठ बजेको थियो । बिजुली गएकाले पनि होला कहि कतै बत्ति बलेको देखिए पनि बजार पुर्ण रुपमा उज्यालो भने थिएन । त्यसैले हतार–हतार कोठा पुग्नलाई हिडिरहेकि थिए । तर केटी मान्छे एक्लै हिडेको देखेर होला रोड भन्दा अलि माथी बाट कसैले मुखले सिठठी बजायो । मैले पुर्ण रुपमा त बुझिन तर मै भएतिर फर्केर नै केहि मानिसहरु बोल्दै थिए । त्यस मध्ये एउटाले कता हो भनेको आवाज मैले सुने ।

 

तर त्यस प्रश्नलाई वास्तै नगरि आफ्नो बाटो हिडीरहे । तर मेरो मन साहै्र आत्तिसकेको थियो । त्यसैले छिटोछिटो पाईला चाले र कोठामा पुगे । र आफुलाई सुरक्षित महशुुस गरे। म कोठाँमा पुगिसकेपछि निकै गम्भिर भए । कस्तो हाम्रो समाज आफ्नै देश, आफ्नै गाँउठाँउमा पनि हामि आफुलाई सुरक्षित महसुस गर्न सक्दैनौ । छोरी मान्छे माथि किन यति कुदृष्टि लगाउन् मान्छेहरु कहिले हामीले निर्धक्कका साथ समाजमा हिड्न पाउने । म सुरक्षित छु भनेर राति अबेरसम्ममा पनि घर फर्कने वातावरण कहिले बन्ने सायद त्यस दिन मेरो ठाँउमा कोहि छोरा मान्छे भएको भए त्यसरि डराउनुपथ्र्यो त्यसरी आत्तिनु पथ्र्यो रु हरे मेरो समाज । अरे महिलाको हकमा कानुन बन्यो रे ।

 

खै कहाँ बन्यो कनुन खै हामि सुरक्षित साथ बाच्न पाएको के हाम्रो देशको कानून नाम मात्रैको लागि हो कि कानुन पहुँचवालाको लागि मात्रै हो के हिजोआज प्रविधिले पनि यस्ता खालका घटना गराउन सहयोग गरेकै हुन् त कि हाम्रो देशको शिक्षाले सचेत बनाउन नसकेको होला किन सम्बन्धित निकाय मौन छ यस्ता खालका धेरै प्रश्न उठेको छ, तर प्रश्नको जवाफ मिलेको छैन खै कस्ले दिने जवाफ ।

 

कोहि छ मेरो प्रश्नको जवाफ दिने कञ्चनपुरकी अबोध निर्मला पन्तलाई पनि हामी उदाहरणको रुपमा लिन सक्छौ । कस्ले गर्यो निर्मलालाई बलात्कार कस्ले गर्यो हत्या कहिले पाउने न्याँए न्यायकै लागि कहिलेसम्म लड्नुपर्ने हरे मेरो देश । दिन प्रतिदिन हत्या, हिंसा, बलात्कार खबर आहीरहेका हुन्छन आखिर कहिलेसम्म नेपालमा बलात्कारीलाई फाँसी नै दिने व्यवस्था नभए पनि दोषीलाई कडा कारबाही गर्ने कानुन त छ नि हैन । तर पनि किन न्याय पाउन सक्दैनन पिडितहरु। कतिपय दोषीले कार्वाही भोगिरहेका पनि छन् ।

 

तर कानुन र कारबाहीले मात्र यस्ता घटना कम हुन सकेका छैनन् । महिला अधिकारकर्मी लगायत विभिन्न संघसंस्थाले चलाएको अभियान पनि प्रभावकारी बन्न नसकेको देखिन्छ । व्यक्ति, परिवार, समाज र राज्यले आफ्नो कर्तव्य र भूमिका त्यही ढंगले निभाउन नसकेसम्म यस्ता घटना कम हुने छाँट पनि देखिंदैन । एउटा पुरुषलाई बलात्कारी बन्न नदिन घरपरिवार, उ आफैं, समाज र राज्यको भूमिका महत्वपूर्ण हुन्छ ।अर्को कुरा सबै पुरुषमा महिलालाई हेर्ने दृष्टिकोणमा आमूल परिवर्तन आउन जरुरी छ । हामी पनि समाजमा खुलेर हिड्ने बातावरण होस ताकी घाम डुब्न लाग्दा कत्ति बेला घर पुगीएला भन्ने बेचयन नहोस । घरमा आमालाई छोरीको चिन्ताले नसतावस।

 

अनि बलत्कारका घटनाहरु भइरहदा सुनिने कुराहररु मानीसहरु छोटा कपडाहरुको कुरालाई लिएर अगाडी देखाउछन मानीसको सोचाइ मानै फरकपनता यहा नेर झल्कन्छ । एउटा यस्तो बच्चा जसको यौनआङगको बृद्धीबिकासको सुरुवात नै भएको छैन भने त्यहा नेर कहा बाट आयो कपडाका कुरा अनि त्यो ८३ बर्षीया बृद्धाआमा नत उनी नौ जवान हुन नत उनी छोटा कपडा नै लगाउछिन तर अपराधिहरुलाई कहा बाट आउछ मनोबल र बलात्कृत हुन्छन ।

 

जो आफुलाई समाल्न समेत सक्दैन जसको मानसीक सन्तुलन नै ठिक छैन जसलाई यौनसम्पर्कको बारेमा नै नै थाहा छैन उनीहरु नै किन पर्छन त यो घिनाउनी खेलमा के उनीहरु छोटा कपडा लगाएर नै बलात्त भएका हुन त रु त्यसैले सबै भन्दा पहिले छोरीलाई दोष लगाएर झन अपराधीको मनोवल नबढाउ सोच बढलौ मात्र समाज परीबर्तन हुन्छ न्यायका लागी सडकमा आगो बाल्नु पदैन अनि फेरी त्यो निर्दोषले ज्यान गुमाउनु त पदैन होला । आखीर एउटा अपराधी लुकाउन निर्दोषको खेदो कहिले सम्म खन्ने हो। कहिले समाज सचेत हुने हो कहिले हामि÷छोरी पनि खुलेआम र निर्धक्कका साथ हिड्न पाउने ??

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्