सुन तस्करी प्रकरणमा मुछिएका एसपी खनाललाई रिहा गर्न उच्च अदालतको आदेश



बिराटनगर, २ असोज । उच्च अदालत विराटनगरले सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा थुनामा रहेका प्रहरी उपरीक्षक (एसपी) विकासराज खनाललाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ।

मंगलबार न्यायाधीश नगेन्द्रलाल कर्ण र थिरबहादुर कार्कीको संयुक्त इजलासले जिल्ला अदालतको निर्णय उल्ट्याउँदै खनाललाई छाड्ने आदेश दिएको हो।

यसअघि उच्च अदालतले एसएसपी दिवस लोहनी र डिएसपी प्रजित केसीलाई पनि साधारण तारेखमा रिहा गर्न आदेश दिएको थियो। आदेशसँगै लोहनी र केसी रिहा भइसकेका छन्।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्