४३ हजार नगद सहित तुलसीपुरबाट पाँच जुवाडे पक्राउ



दाङ,३ असोज ।तुलसीपुरबाट ५ जना जुवाडेलाई पक्राउ गरिएको छ । ४३ हजार एक सय नगदसहित मंगलबार पाँच जुवाडेलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका वडा नं. ९ निबासी ३३ बर्षीय तारा केसी, तुलसीपुर ८ निबासी ३१ बर्षीय सुरेन्द्र सिंह राठौर, तुलसीपुर २ का २७ बर्षीय शोभाराम वली, सल्यान थारमारे ५ का ३६ बर्षीय दिल बहादुर सुनार, सोही ठाउँका ४१ बर्षीय तेज बहादुर खड्कारहेका छन् ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. ८ अस्वारा स्थित बालकृष्ण डाँगीको घरमा जुवा खेलिरहेको अबस्थामा उनीहरुलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए । उनीहरुले जुवा खेलिरहेको गोप्य सूचनाका आधारमा खोजतलासी गर्दा उनीहरुलाई रंगेहात पक्राउ गरिएको उनले बताए । उनीहरुको साथबाट ५२ पत्ति तास र एक सय ५५ पत्ति रातोतास बरामद गरिएको छ । उनीहरुलाई आबश्यक कारबाहीका लागि अनुसन्धान भईरहेको प्रहरी नायब उपरीक्षक सापकोटाले बताए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्