कक्षा १२ को मौका परीक्षाको नतिजा प्रकाशित, यसरी हेर्न सकिन्छ नतिजा !



काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेड वृद्धि (मौका) परीक्षाको नतिजा बुधबार सार्बजनिक गरेको छ । बोर्डले गत भदौ १६ गते संचालन गरेको परीक्षाको नतिजा सार्बजनिक गरेको हो ।

उक्त परीक्षामा ७६ हजार २ सय २७ जना परीक्षार्थी सम्मेलित भएका थिए ।

नतिजा कसरी हेर्ने ?

आफ्नो मोबाईल को म्यासेज बक्समा गइ NEB लेखेर एउटा स्पेस दिइ आफ्नो सिम्बोल नम्बर लेखेर ३१००३ मा SMS पठाएर वृद्धि (मौका) परीक्षाको नतिजा हेर्न सकिन्छ ।

उदाहरणको लागि: तपाईंको सिम्बोल नम्बर 12345678 हो भने NEB 12345678 लेखेर ३१००३ मा पठाउदा आफ्नो सबै बिषयगत नतिजा हेर्न सकिन्छ ।

dainikpana

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्