दाङमा मिस एण्ड मिस्टर प्रतियोगीता हुँदै



दाङ, ४ असोज प्रदेश ५ स्तरिय मिस एण्ड मिस्टर प्रतियोगीता हुने भएको छ । लुस्ड बुटिक र मोडलिङ नेपालले बुधबार घोराहीमा पत्रकार सम्मेलनको आयोजना गरी यस्तो जानकारी दिएको हो ।

दाङको घोराहीमा हुने प्रतियोगीताको अडिसनका लागि औपचारिक रुपमा आवेदन सुरु भइसकेको मोडलिङ नेपालका अध्यक्ष प्रवेश गिरीले जानकारी दिनुभयो । १४ वर्षदेखि ३० वर्षसम्मका २०र२० जना युवायुवतीहरुको कोटा रहेको गिरीले जानकारी दिनुभएको थियो । कार्यक्रमबारे जानकारी दिँदै उहाँले केही दिनमा नेपालगञ्ज र बुटवलमा पनि कार्यक्रमको आयोजना गरी यसको जानकारी दिने बताउनुभयो । उत्कृष्ट हुनेलाई ५० हजार पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

नैना गिरीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष सविन प्रियासनले यस्ता मोडलिङका कार्यक्रममा फेसन शो मात्रै नभएर प्रतिभाहरुको प्रतिभा प्रष्फुटन गर्ने माध्यम पनि बनाउन जरुरी रहेको बताउनुभयो । कार्यक्रमको सहजीकरण पत्रकार महासंघ दाङका कोषाध्यक्ष आरके शितलले गर्नुभएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्