काँग्रेसले हटायो चुनावी प्रचारका सामाग्री



सैघाली खबर
साउन ५ , दाङ । घोराही उप–महानगरपालिका स्वच्छ र सुन्दर वनाउने उद्देश्यले चुनावी प्रचारका समयमा वजारमा टाँगिएका प्रचार सामाग्रीहरु लाई विहिवार  हटाईएको छ ।  जथाभावी टाँगिएका चुनावी प्रचार सामाग्रीहरुले वजार सुन्दरता लाई कुरुपतामा वदल्दै लगेकाले घोराही वजार लाई सुन्दर र स्वच्छ नगर वनाउृन वजारका विभिन्न स्थानमा टाँगिएका चुनावी प्रचार सामाग्रीहरु लाई हटाईएको हो ।

नेपाल विद्यार्थी संघ क्षेत्र नम्वर ३ का सभापति तिलक रावतको अध्यक्षता एंव नेपाली काँग्रेस दाङका सचिव शंकर प्रसाद डाँगीको प्रमुख आतिथ्यता तथा घोराही उप–महानगरपालिका प्रत्यासी प्रमुख र उप–प्रमुख भुप वहादुर डाँगी र पुष्पा श्रेष्ठको विशिष्ट आतिथ्यतमा घोराही वजारका प्रचार सामाग्री हटाएको हो । प्रचार सामाग्री हटाउदै नेपाली काँग्रेस दाङका सचिव एंव कार्यक्रमका प्रमुख अतिथि डाँगीले घोराही लाई सुन्दर र स्वच्छ वनाउने जिम्मेवारी नगरवासीहरुको पनि रहेको वताए । उनले भने – ‘ जथाभावी टाँसिएका प्रचार सामाग्रीहरुले वजार लाई सुन्रदता भन्दा पनि कुरुपता प्रदान गरीरहेकाले घोराही वजार लाई सुन्दर वनाउने परिकल्पनाका साथा प्रचार सामाग्रीहरु लाई हटाएको वताए ।

त्यस्तै नेपाली काँग्रेसको तर्फ वाट घोराही उप महानगरपालिका मेयर पदको उम्मेद्वार भुप वहादुर डाँगीले अव्यवस्थित रुपमा टाँगिएका प्रचार सामाग्रीहरुले वजार लाई अति कुरुपताको रुप प्रदान गरेकाले काँग्रेसले चुनावी प्रचारका क्रममा जनता संग गरेका वाँचाँहरु पुरा गर्दै कुरुप वन्दै गईरहेका घोराही वजार लाई सुन्दर वनाउन प्रंचार सामाग्री हटाएको वताए । घोराही लाई सधै स्वच्छ र सफा शहर र समृद्ध नगरका रुपमा विकास गर्न नेपाली काँग्रेस दाङ विगत देखी नै लागि परिरहेकाले स्मरण गराउदै उनले भने ‘ जनता संग जे वाचा गरेका छौ । ’ अझ उनले थपे ‘ निर्वाचन आयोगले निति नियम लाई परिपालन गर्दै काँग्रेलले चुनावी प्रचार हटाएको छ । जुन कानुनको न्याय संगत छ । उक्त, कार्यक्रममा घोराही उप–महानगरपालिकाका वडा अध्यक्ष रमेश कुमार पाण्डे , घोराही उप–महानगरपालिका १५ नम्वर पार्टी सभापति प्रकाश श्रेष्ठ लगाएतकाले भनाई राखेका थिए । कार्यक्रमको सहजीकरण नेविसंघ क्षेत्र नम्वर ३ का सचिव लेखनाथ वुढाथोकीले गरेका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्